राजु लामाले विश्वकै अग्लो स्थानमा गीत गाएर राखे कीर्तिमान

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

गायक राजु लामाले विश्वकै अग्लो स्थानमा गीत गाएर राखे कीर्तिमान राखेका छन् । उनले ६ हजार ५७४ मिटरको उचाइमा कन्सर्ट गरेका हुन्। उनले सगमाथाको क्याम्प २ र ३को मध्यभागमा मंगोलियन हार्ट ब्याण्डका गीतहरू गाए । राजुले रिलिज नै नभएको ुहिमालले डाक्यो मलाईु बोलको गीत समेत गाएका थिए।

जलवायु परिवर्तनको असरबारे सन्देश दिन सगरमाथाको क्याम्पमा पुगेर राजुले कन्सर्ट गरेका हुन्। यो कन्सर्ट अहिलेसम्मकै सबैभन्दा उचाइमा गरिएको सांगीतिक कार्यक्रम रहेको राजुको दाबी छ।

यसअघि बेलायती गायक 'म्यूजिक फर चिल्ड्रेन'को प्रतिनिधित्व गर्दै ओज बेल्डोनले मेरापिक हिमालको ६ हजार ४७६ मिटर उचाइमा कन्सर्ट गरेका थिए। १६ मे २०१२ मा गरिएको उक्त कन्सर्ट गिनिज विश्व रेकर्डमा समेत उल्लेख छ।

राजुको दाबी पुष्टि भए अब उनले बेल्डोनको उक्त रेकर्ड तोड्नेछन्। ओजले नै सन् २००५ मा सगरमाथाको कालापत्थरमा कन्सर्ट गरेर विश्व रेकर्ड बनाएका थिए। त्यसको दुई वर्षपछि जर्मनी र बोलिभियाका १० जना संगीतकारले बोलिभियाको माउन्ट अक्टोन्गोमा कन्सर्ट गरेर ओजको रेकर्ड तोडेका थिए। त्यसपछि सन् २०१२ मा ओजले फेरि नयाँ रेकर्ड बनाएका थिए।

राजु लामा सगरमाथाको आरोहणका लागि त्यहाँ पुगेका हुन्।