‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ का लागि २० प्रतियोगी छनौट

आर्टिष्ट खबर/ बैशाख, काठमाडौंँ ।

‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ का लागि २० प्रतियोगी छानिएका छन् । राजधानीको ग्लोबल स्कुल अफ साइन्स्, पुरानो बानेश्वरमा आयोजित छनौट चरणको पहिलो अडिसनबाट अन्तिम स्पर्धाका लागि यी प्रतियोगी छानिएका हुन् । छनौट चरणको अर्काे अडिसन ७ मे अर्थात शनिबार ठमेलको क्लब फरेन्हाइटमा आयोजना हुँदैैछ । जसमा १८ बर्षदेखि २९ बर्षसम्म युवती र १९ देखि ३४ बर्षसम्मका  युवाले भाग लिन सक्नेछन् । प्रतियोगीताका लागि ई–सेवा मार्फत समेत आवेदन दिन सकिनेछ ।

‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ मिष्टर नेपाल विजेता सन्तोष उपाध्यायले पोल्यान्डबाट फ्रेन्चाइज लिएर सनुर्वी इन्टरनेसनलबाट आयोजना थालेका हुन् । उपाध्याय मिष्टर नेपाल विजेता बनेपछि  पुरुषहरुको सबैभन्दा ठुलो अन्तराष्ट्रिय प्रतियोगीता ‘मिस्टर सुप्रन्यासनल’ मा सहभागी भएका थिए ।

‘मिस सुप्रान्यास्नल’ पनि महिलाहरुको विश्वप्रसिद्ध प्रतियोगीता मध्य शिर्ष ३ भित्र पर्ने गरेको छ । ‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’  विजेता पुरुषले जुलाई १५ र १६ मा पोल्यान्डमा आयोजना हुने ‘मिस्टर सुप्रन्यासनल २०२२’ र महिला विजेताले ‘मिस सुप्रन्यासनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

नेपालमा आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगीता भन्दा केही भिन्न र उत्कृष्ट तरिकाले आयोजना हुने प्रतियोगीता युवा युवतीको प्रतिभा निखार्दै उज्वल भविश्य निर्माणमा सहयोग पुर्याउने आयोजना आयोजक थलिएको सन्तोष उपाध्यायले बताए ।

प्रतियोगीताको अडिसनबाट छानिएका प्रतियोगी पौडी, शारारिक फिटनेश, फोटो सेसन, व्यक्तित्व विकास सम्वन्धी बिभिन्न प्रशिक्षण सहित फाइन स्पर्धामा उत्रिनेछन् ।

४ एपिसोडको रुपमा इमेज टेलिभिजनबाट समेत प्रसारण हुने प्रतियोगीताको अन्तिमस्पर्धा मे २९ अर्थात जेष्ठ १५ गते गोदावरी कन्भेन्सन सेन्टरमा भब्य समारोहक बीच आयोजना हुनेछ । प्रतियोगीताका लागि ‘मिस्टर सुप्रान्यास्नल २०२१’ विजेता भारो भार्गोस तथा कृयटिभ डिरेक्टर आन्द्रे स्लेइ पनी नेपाल आउँनेछन् ।

सनुर्भी फाइनरी प्रायोजक रहेको ‘मिस्टर एन्ड मिस सुप्रन्यासन’ ७ लाख बराबरको पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगीतामा प्रशान्त ताम्रकार, मिष्टर नेपाल डा.सन्तोष उपाध्याय, ‘मिस्टर नेपाल २०१७ ’का विजेता तथा मिस वल्र्डका टप १२ पुग्न सफल अक्षय जङ रायमाझी, गायिका सोना आमात्य पहिलो अडिसनको निर्णायकमा रहेका थिए ।