लोकबाजा संरक्षणका लागी महाकाली–मेचीको पैदल यात्रा सके शेर बहादुरले

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा लामो समयदेखी गायनसँगै लेखन तथा सञ्चारकर्ममा लागेका शेर बहादुर आचार्यले महाकाली देखी मेचीसम्मको पैदल यात्रा सकेका छन् । गएको फागुनबाट सुदुर पश्चिमको महाकालीबाट सुरु भएको पैदल यात्रा मेचीसम्म पुगेर सकेका थिए । साथै उनले हेटौडाबाट काठमाडौंको पशुपति मन्दिरसम्म पनि पैदल यात्रा गरेको जानकारी गराए ।

बिहीबार बिहान ९ बजे पशुपति मन्दिर गेट अगाडी पुगेर यात्रा समापन गरिएको थियो । समापनमा वरिष्ठ लोक गायक तथा चलचित्र निर्देशक नारायण रायमाझि, वरिष्ठ लोक गायिका बिमा कुमारी दुराको उपस्थिती थियो । शेर बहादुरले आफ्नो गुरु भन्दै नारायण र बिमा कुमारीको खुट्टामै ढोगेका थिए । साथै नारायणले शेर बहादुरको कामको प्रसंश गरे । उनले सरकारले गर्ने काम एक ब्यक्तिले गरेको भन्दै सम्मान ब्यक्त गरे ।

भिडियो रिपोर्टः