‘नेपाली मनोविज्ञानः खण्ड एक’ पुस्तक लोकार्पण

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">मनोविज्ञान सम्बन्धी ‘नेपाली मनोविज्ञानः खण्ड एक’ (नेपालिज् साइकोलोजीः भोलुम वान) किताबको लोकार्पण गरिएको छ । गत शुक्रबार माइतीघरस्थित सेन्ट जेभिएर कलेजमा एक कार्यक्रमका बिच केन्द्रीय मनोविज्ञान विभागका प्रमुख प्रा. डा नन्दिता शर्माले पुस्तकको लोकार्पण गर्नुभयो ।</p><p style="text-align: justify; ">‘नेपाली मनोविज्ञानः खण्ड एक’ नेपालमा मनोविज्ञानको इतिहास, विकास, उन्नति, समसामयिक अनुसन्धान र अभ्यासलाई बाहिर ल्याउन २७ लेखक, तीन सम्पादकीय टोली र एक बाह्य समीक्षकको संयुक्त प्रयास हो । पुस्तकले मुख्यतया नेपाली अनुसन्धानकर्ता र प्राज्ञिकहरूको योगदानलाई समाहित गरेको छ ।&nbsp;</p><p style="text-align: justify; ">यस पुस्तकमा २३ वटा लेखहरूलाई चारवटा खण्डमा विभाजित गरिएको छ । नेपाली मनोविज्ञानमा समसामयिक अनुसन्धान, नेपाली मनोविज्ञानमा समसामयिक अभ्यासहरू, र नेपाली मनोविज्ञानमा व्यक्ति र व्यक्तित्वहरू ।</p><p style="text-align: justify; ">प्रमुख अतिथि प्रा. डा. नन्दिता शर्माले भने यस पुस्तक मनोविज्ञान क्षेत्रमा कोशेढुंगा भएको बताउनु भयो । उहाका अनुसार नेपाली सेरोफेरोमा रहेर नेपालको सभ्यता र संस्कृतिलाई मध्यनजर गरी नेपाली मनोविज्ञानको उजागर र व्याख्या हुन जरुरी छ ।</p>