राजेश हमालको ‘सत्यम’को शिर्ष गीत सार्वजनिक

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

महानायक राजेश हमालको अभिनय रहेको नयाँ नेपाली चलचित्र ‘सत्यम’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक शिर्ष गीतको लिरिकल भिडियोमा राजेश हमाललाई फिडर्च गरिएको छ ।

राम्रो इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा राजु महर्जनको स्वर, रेशम सापकोटाको लिरिक्स, कुटुम्ब ब्याण्डको म्युजिक, योगेश काजीको म्युजिक कन्सेप्ट छ । गीतको लिरिकल भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन् । भिडियोमा महानायक राजेश हमाललाई मात्रै फिचर्ड गराइएको छ भने अरु कुनैपनि कलाकारलाई देखाइएको छैन ।

चलचित्रका मुख्य अभिनेतामध्येका पल शाह एक घटनामा मुछिएपछि यो टिम छायांकनमा जान सकेको छैन ।  निर्माता रेशम सापकोटाले पल शाहको घटनाको छानविन निष्कर्षमा नपुगेसम्म यो प्रोजेक्टको छायांकन प्रारम्भ गर्न कठिन रहेको प्रतिक्रिया दिए । उनले बजारमा चलेको हल्ला अनुसार चलचित्र निर्माणबाट आफु पछि नहटेको समेत स्पष्ट पारे ।

हामीले चलचित्र घोषणा गरिसकेपछि दर्शकलाई यसबारे कुनैपनि कन्टेन्ट दिन सकेनौ भन्ने महशुस भयो, सोहि कारण यसको शिर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरेका हौं, निर्माता सापकोटाले भने, – चलचित्रका लागि दर्शकको पर्खाइ अरु थप बढ्ने पक्का भएपछि यो गीत सार्वजनिक गरेका हौं ।’

निर्माता सापकोटाले यस गीतमा कसैको नाम नराखेको र छिट्टै पत्रकार सम्मेलनमार्फत सम्पुर्ण जानकारी गराउने समेत बताए । उनले भने, – ‘प्रि–प्रोडक्सनको काम लगभग सकिएको छ । यसमा केहि सदस्य हेरफेर हुन पनि सक्छ । हामीले भिडियोमा टिमका म बाहेक अरु सदस्यको नाम नराख्नुमा आफ्नै कारण छ ।’

प्रि–प्रोडक्सनको सम्पुर्ण काम सकेको यो चलचित्रमा महानायक राजेश हमाल, पल शाह, अनुप विक्रम शाही, उपाशना सिंह ठकुरी लगायतका कलाकारको अभिनय रहने यसअघिनै जानकारी सार्वजनिक भइसकेको छ ।