सलमानको नेपाल कन्सर्टमा ज्याकलीन नआउने

मुम्बई (एजेन्सी)

यहि जेठ १४ गते काठमाडौंको दशरथ रंगशालामा हुन गइरहेको ‘दबंग टुर रिलोडेड’मा बलिउडमा थुप्रै कलाकारहरुको सहभागीता रहनेछ । बलिउड स्टार सलमान खान सहित अन्य कलाकारको प्रस्तुती रहने भनिएको कन्सर्टमा बलिउड अभिनेत्री ज्याकलीन फर्नान्डिजको पनि नाम थियो तर ज्यानलीन नआउने हुनुभएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार उहाले विदेश यात्राको अनुमति माग्दै अदालतमा दायर निवेदनलाई बुधबार फिर्ता लिनु भएको छ । मनी लाउन्ड्रिङ केसमा मुछिनु भएकी उहाले नेपाल, आबुधाबी र फ्रान्स यात्रामा जान अनुमतिका लागि दिल्ली अदालतमा निवेदन पेश गर्नुभएको थियो । उहाको केसको सुनुवाई भए पनि अदालतबाट केही आदेश नआएपछि उहाले आफै निवेदन फिर्ता लिनुभएको हो ।

आयोजकहरूले ज्याकलीनको तस्बिर राख्दै दबंग टुरको प्रचार गरिरहेको देखिन्छ । अब ज्याकलीनको ठाउँमा दक्षिण भारतीय अभिनेत्री पूजा हेगडे आउने बताइएको छ ।

ठगी मुद्दामा पक्राउ परेका सुकेश चन्द्र शेखरसँग सम्बन्ध भएको भन्दै उहालाई प्रवर्तन निर्देशनालय (इडी) ले देश छोडेर जान रोक लगाएको थियो । केही दिन अगाडि इडीले उहाको ७ करोड २७ लाख भारतीय रुपैयाँको सम्पत्ति समेत जफत गरेको थियो ।