अब आशा ‘कबड्डी ४’ को

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

अहिले नेपाली सिनेमा हलमा नेपाली भन्दा बिदेशी चलचित्रको ताँती छ । सातैपिच्छे दुई देखी तीन बिदेशी चलचित्र प्रदर्शन भइरहेका छन् । बिदेशी चलचित्रको चेपुवामा परेका नेपाली चलचित्रले अहिलेको समयमा दर्शक पाउन निकै मुस्किल छ । त्यसो त दुईबर्ष सम्म कोरोना कहरका कारण हलमा चलचित्र आउन सकेनन् । कोरोना कहरको असर सकिएपछि हलमा आएका नेपाली चलचित्रले पनि दर्शक मुस्किलले पाइरहेका छन् ।

कोरोना कहरपछि हलमा नेपाली चलचित्र प्रदर्शन भइरहेका छन् तर हलमा दर्शकको उत्साहजनक सहभागीता भने केहि चलचित्रका लागी मात्र भयो । चलचित्र ‘म यस्तो गीत गाउँछु २’ र ‘ए मेरो हजुर ४’का लागी दर्शकको उपस्थिती केहि खुसीजनक रह्यो । तर ब्यापार सोचेअनुरुप हुन सकेन । यद्यपी दुबै चलचित्रका निर्माताले चलचित्रको ग्रस कलेक्सन राम्रो भएको भन्दै प्रतिक्रिया भने दिएका छन् ।

‘‘चलचित्र टिमले गएको बुधबार बेलुका नारायणगढस्थित नारायणी किनारमा भव्य कन्सर्ट आयोजना गरेको थियो । दमक र इटहरीपछि नारायणगढ पुगेको कबड्डी टोलीले बुटवल, पोखरा र काठमाडौंमा कन्सर्टको तयारी गरेको छ ।’’

अहिले कुनैपनि नेपाली चलचित्रले हलबाट सम्पुर्ण लगानी सुरक्षित गर्छु भन्दा पनि हल बाहेकका बिभिन्न प्लेटफर्ममा बिक्री गरेर लगानी सुरक्षित गर्नुपर्ने अवस्था छ । कुनैपनि चलचित्रले हलबाट लगभग लगानी नउठाउने टुंगो अगाडी नै अनुमान भइसकेको हुन्छ । बिदेश प्रदर्शनको राइट्स्, डिजिटल राइट्सका कारणले चलचित्रका निर्मातालाई केहि राहत भने पक्कै मिल्ने गरेको छ ।

यसैबिच यो बर्षकै लागी अर्को बहुप्रतिक्षित चलचित्रको रुपमा ‘कबड्डी ४’ लाई लिइएको छ । ‘कबड्डी’को सबैजसो सिरिजले सफलता पाएकाले यो चौथो सिरिजका लागी पनि दर्शकको पर्खाई छ । हलमा दर्शक कति आउलान् र ब्यापार कति गर्ला भन्नका लागी जेठ १३ गते प्रदर्शनपछि मात्रै भन्न सकिन्छ ।

यो चलचित्र विश्व बजारमा प्रतिलिपी अधिकार बिक्रीबापत २ करोड रुपैयाँ कलेक्सन गरिसकेको छ । दुई करोड कलेक्सन गरेसँगै यो चलचित्रले प्रदर्शन अगावै चलचित्रको लगानी सुरक्षित गरेको हो । यो चलचित्रको अहिलेसम्मकै महंगो मूल्यमा विश्व बजारमा ‘राइट’ बिक्री भएको हो ।

यो चलचित्रले युरोप, अमेरिका, अष्ट्रेलिया, बेलायत, न्युजिल्याण्ड, हङकङ, जापान तथा भारतमा प्रदर्शनका लागि प्रदर्शन ‘राइट’ बिक्री गरेको हो ।  चलचित्र ‘कबड्डी ४’ नेपाल र विदेशमा सिनेमा हलमा एकै मितिमा प्रदर्शनमा आउने बताइएको छ । भारतमा भने नेपाली हलमा प्रदर्शन भएको एकसाता पछि मात्रै प्रदर्शन हुने छ ।

चलचित्रको प्रमोशनका लागी अहिले निर्माण टिम सहित कलाकारको टिम देश दौडाहामा छ । मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल, विजय बराल, मिरुना मगर लगायतको कलाकार यतिबेला प्रचारमा दौडिरहनुभएको छ । चलचित्र टिमले गएको बुधबार बेलुका नारायणगढस्थित नारायणी किनारमा भव्य कन्सर्ट आयोजना गरेको थियो । दमक र इटहरीपछि नारायणगढ पुगेको कबड्डी टोलीले बुटवल, पोखरा र काठमाडौंमा कन्सर्टको तयारी गरेको छ । चलचित्र छायांकन र निजी व्यस्तताले प्रचारमा हिँड्न नपाउनु भएका अभिनेता सौगात मल्ल नारायणगढबाटै पब्लिसिटीमा जोडिनु भएको हो ।

यस्तै चलचित्रको हिस्सा नभएपनि कलाकारहरु विल्सनविक्रम राई र गौरव पहारी पनि प्रचारमा हुनुहुन्छ । विल्सनले चलचित्रको तेस्रो सिक्वेलमा अभिनय गर्नुभएको थियो ।

नारायणी तीरमा भएको कन्सर्टमा कलाकारले गीत गाउनुभयो । सौगातले ट्रेलरमा राखिएको कविता वाचन गर्नुभयो । कलाकारबाट  उपस्थित केहि दर्शकलाई उपहार पनि बाँडीएको थियो ।

‘कबड्डी ४’लाई अर्को ठूलो राहत मिलेको छ । नेपाली चलचित्रको ब्यापारलाई दृष्टिगत गर्दै एप्पल इन्टरटेनमेन्टले टम क्रुज स्टारर फिल्म ‘टपगन ः माभेरिक’लाई एकसाता पोस्टपोन्ड गरिदिएको छ । भारतसहित विश्व बक्सअफिसमा क्रुजको उक्त फिल्म जेठ १३ गते प्रदर्शन हुँदैछ । नेपालमा पनि सोही मितिमा रिलिजको तयारी भएको थियो तर, एप्पलले चलचित्रलाई एकसाता पछाडि रिलिज गर्ने निर्णय गरेको छ । अब भने टपगन फिल्म जेठ २० गते प्रदर्शन हुनेछ । यो कारणले पनि ‘कबड्डी ४’मा दर्शकको संख्या बढ्न सक्ने अपेक्षा राखिएको छ ।

रामबाबु गुरुङले निर्देशन गरेको ‘कबड्डी ४’मा बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शारदा अधिकारी लगायतका कलाकारले अभिनय गर्नुभएको छ । यो चलचित्रको कथा लेखनमा निर्देशक गुरुङले उपेन्द्र सुब्बासँग सहकार्य गर्नुभएको छ ।