जब बलात्कार बन्द गर भन्दै कान्समा टपलेस महिला चिच्याइन्

एजेन्सी ।

कान्स फिल्म फेस्टिबल २०२२ को रेड कार्पेटको चर्चा यतिबेला नेपालमा पनि भइरहेको छ । नायिका सुरक्षा पन्तले नेपालबाट उक्त फेस्टिबलमा सहभागीता जनाउनुभयो । सुरक्षा कान्सको रेड कार्पेटमा हिड्ने पहिलो महिला अभिनेत्री हुनुभएको छ ।

यसैबिच उक्त कान्स समाराहेमा मा एक महिलाले हंगामा मच्चाएको दृश्य अहिले चर्चामा छ । हंगामा त्यतिबेला भयो जब कान्स रेड कार्पेटमा एक महिला आएर र टपलेस भएर चिच्याउन थाल्नुभयो । यी महिलाले आफ्नो शरीरमा युक्रेनको झण्डाको रङले पेन्ट गर्नुभएको थियो । उहाको शरीरमा लेखिएको थियो, ‘हामीलाई बलात्कार गर्न बन्द गर ।’

७५ औँ कान्स फिल्म फेस्टिबलमा हलिउड अभिनेत्री टिल्डा स्विनटोन र इड्रिस एल्बा आफ्नो नयाँ फिल्म थ्री थाउजेन्ड इयर्स अफ लङ्गिङको प्रिमियरमा पुग्नुभएको थियो । यसैबीच एक अपरिचित महिलाले आएर चिच्याउन सुरु गर्नुभयो । महिलाले युक्रेनको झण्डाको रङलाई आफ्नो शरीरमा लगाउनु भएको थियो । साथै रातो रङको अन्डरप्यान्ट लगाउनु भएको थियो । जसमा रातो रङले हातको निशाना बनाइएको थियो । ती महिलाका कारण रेड कार्पेटमा सेलिब्रिटीहरुलाई रोकियो । त्यसपछि सुरक्षाकर्मीले उहालाई कालो रङको ज्याकेटले ढाके र आफूसँगै लिएर गए ।

यी महिला युक्रेनकी एक अभियन्ता भएको बताइन्छ । युक्रेन र रुसबीच थुप्रै महिनादेखि युद्ध चलिरहेको छ । यसैबीच युक्रेनकी महिलामाथि बलात्कारको घटना पनि सार्वजनिक भइरहेको छ । युक्रेनका राष्ट्रपति भालोदिमिर जेलेन्स्कीले अघिल्लो महिना थुप्रै्र बलात्कारका घटना सार्वजनिक भएको बताउनु भएको थियो । रुसी सेनाले महिलाका साथै स–साना बालिकाको पनि यौन शोषण गरिरहेको बताइएको छ ।