‘प्रेमगीत ३’ आउँदो दशैंमा हेर्न पाइने, तोकियो असोज ७ लाई रिलिज मिति

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">बहुप्रतिक्षित नेपाली चलचित्र प्रेमगीत ३ को प्रतिक्षाको घडि समाप्त भएको छ । यसअघि पटक पटक प्रदर्शन मिति तोकिएपनि कोरोना कहरका कारण प्रदर्शन हुन नसकेको यो चलचित्र अब भने आउँदो वडा दशैंको छेकोमा प्रदर्शन हुने पक्का भएको छ । चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले वडा दशैंको छेकोमा असोज ७ गतेका लागी चलचित्रको प्रदर्शन मिति तोकिएको जानकारी गराउनु भएको छ ।&nbsp;</p><p style="text-align: justify; ">चलचित्रको बिशेषगरी मेकिङको चर्चा प्रदर्शन अघि नै भइरहेको छ । यो चलचित्रका प्रचार सामाग्रीका कारण नै बढी चर्चा भइरहेको छ । छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेको यो चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारको अभिनय छ । ‘प्रेमगीत ३’ क्रिस्टिनाको&nbsp; डेब्यू चलचित्र हो भने प्रदीपलाई दर्शकले प्रेमगीत चलचित्रबाटै बढी मन पराउन थालेका हुन् ।&nbsp;</p><p style="text-align: justify; ">प्रेमगीत ३ ले असोज ७ लाई प्रदर्शन मिति तोकेसँगै अन्य नेपाली चलचित्र अन्योलमा पर्ने देखिएको छ । बहुप्रतिक्षित चलचित्रले सुरुमा मिति तोकेपछि सोहि मितिमा आउने आँट गर्नु पनि अन्य नेपाली चलचित्रका लागी घातक हुन सक्छ । अहिलेको समयमा सिंगल प्रदर्शन मिति पाउँदा समेत लगानी उठाउन धौधौ परिरहेको अवस्थामा दर्शकले वेटिङ गरेको चलचित्रसँग जुधाउन आउनु चुनौती देखिन्छ ।</p>