‘घनचक्कर’को ट्रेलर सार्वजनिक

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

नयाँ नेपाली चलचित्र  ‘घनचक्कर’को ट्रेलर सार्वजनिक गरिएको छ ।  सौगात मल्ल, सलोन बस्नेत र जेबी डिसीको मुख्य भुमिका रहेको यो चलचित्रलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गर्नुभएको हो ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्र ट्रेलर सार्वजनिक गरिएसँगै ट्रेलर बारे चलचित्रकर्मिले आफ्नो धारणा राख्नुभयो ।  २ मिनेट २९ सेकेण्ड लामो ट्रेलरमा युवाहरुको पैसा र प्रेम मोहलाई प्रस्तुत गरिएको छ । हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी जनराको सिनेमामा करुना अर्याल र संगम भट्टको लगानी छ ।

सिनेमामा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सहनिर्माताको रुपमा रहेका छन् । सिनेमामा सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडल लगायतको पनि अभिनय रहेको छ ।

सुसन प्रजापति खिचेको सिनेमामा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्धन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङको सम्पादन रहेको छ । सिनेमालाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्दैछ ।