‘झोलुङ्गे पुलमा मेरो जीवन’ कृति सार्वजनिक

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

मुकुन्दप्रसाद उपाध्यायको आत्मसंस्मरणात्मक कृति ‘झोलुङ्गे पुलमा मेरो जीवन’ (अनेक भोगाइ) सार्वजनिक गरिएको छ । झोलुङ्गे पुलको निर्माणमा जीवनको लामो कालखण्ड बिताउनु भएका उपाध्यायको यस कृति मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।

आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्व सचिव श्यामप्रसाद अधिकारीसहित मञ्चासिन अतिथिहरूले कृतिको एकसाथ विमोचन गर्नुभयो । विमोचन पश्चात पूर्व प्रशासक श्यामप्रसाद अधिकारीले डेढ वर्षअघि दिवंगत भएका ई. मुकुन्द उपाध्यायको कर्मशीलताको चर्चा गर्नुभएको थियो । भाइ समानका उपाध्यायको निधनले आफू मर्माहत भएको बताउँदै उहाले यस पुस्तकले झोलुङ्गे पुलका बारेमा राम्रो जानकारी दिने उल्लेख गर्नुभयो ।

पूर्व सचिव डा. द्वारिकानाथ ढुंगेलले उपाध्यायको प्राविधिक क्षेत्रका नयाँ पुस्तालाई अग्रजहरूले आजभन्दा ५०÷६० वर्षअघि के कस्तो अवस्थामा कसरी काम गर्नुपरेको थियो भन्ने कुराको जानकारी यस पुस्तकले गराउने बताउनु भयो ।  कार्यक्रममा उपाध्यायका सहकर्मी ई. कल्याण ज्ञवाली, पूर्व सहसचिव डा. जगदीशचन्द्र बराल, उपाध्यायका सुपुत्र प्रमोद पोखरेलले आफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रममा श्यामप्रसाद अधिकारीनै सभावति रहनुभएको थियो ।