रमेशको नारी बिषयक गीत ‘छोरी’ गीत सार्वजनिक

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">नारी बिषयक गीत छोरी&nbsp; सार्वजनिक गरिएको छ । संगीतकार रमेश कडरियाले ५ महिना पछि यस गीत सार्वजनिक गर्नुभएको हो । यसअघि सार्वजनिक उहाको ‘कठोर’ बोलको गीतमा नारीले भोग्नु परेको घरेलु हिम्शाको बिषय उठान गरिएको थियो । यसपटक भने भने लैङ्गिक समानताका साथ छोरीलाई घर देखिनै असल संस्कार, सिकाइ र माया साथै भेदभाव रहित वातावरन पाउनु पर्छ भन्ने भाव समाबेश गरी अडियो तथा भिडियो निर्माण गर्नुभएको छ ।</p><p style="text-align: justify; ">गीतमा भोईस अफ किड्सका फाइनल प्रतिस्पर्धी अनुजा कडरिया र रुक्सना लिम्बु तथा रयापर क्यानोपसको आवाज, रमेश कडरियाको संगीत र शिव पलाँसको शब्द रहेको छ । गीतमा ‘क्यानोपस’ को र्याप सुन्न सकिन्छ । भिडियोमा कार्टून क्रू जुनियरुको डान्स, आश्मा बिस्वकर्मा, रमेश कडरिया, गायिका द्वय अनुजा कडरिया र रुक्सना लिम्बु र युनिका कडरियाको अभिनय देख्न सकिन्छ । भिडियोमा निम बाबु तामाङ् को कोरियोग्राफी र सरोज अधिकारीको निर्देशन रहेको छ । भिडियो कडरिया इन्टरटेन्मेन्ट प्रा.लि. मार्फत ुकडरिया इन्टरटेन्मेन्ट युट्युबु च्यानल बाट सार्वजनिक गरिएको छ ।&nbsp;</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/bEM5ab496mI" width="640" height="360" class="note-video-clip"></iframe><br></p>