तीज लक्षित ‘थरी थरी भोले’ सार्वजनिक

आर्टिष्ट खबर/ असार, काठमाडौँ ।

नेपाली नारिहरुको महानपर्व हरितालिका तीज आउन अझै दुई महिना बाँकी छ । तर कलाकर्मितलाई भने तीज लागिसकेको छ । यस्तैमा चर्चित गायक खुमन अधिकारी र शान्तीश्री परियारले तिज गीत ‘थरी थरी भोले’ ल्याउनु भएको छ । जसमा गोपाल जिएम, नरेश खाती, रुपी सिंन्जालीर प्रेमा रानाको  सार्वजनिक समुह गायन रहेको छ ।

लोक तथा डान्सिङ शैली तयार गीतका शब्द रविन लामिछानेले लेख्नुभएको हो । गायक खुमन अधिकारीकै संगीत रहेको गीतमा सुनिल परियारको एरेन्ज रहेको छ । गीतको निकै आकर्षक भिडियो बनेको छ । भिडियोमा खुमन अधिकारी, अञ्जली अधिकारी, अभिषेक खड्का लगायतको अभिनय छ । थुप्रै कोरस प्रयोग गरेर बनाइएको भिडियोको निर्देशन गायत्री थापाले गर्नुभएको हो । तडक भडन नगरी निकै जेरी भण्डारीको छायांकन रहेको भिडियोका सम्पादन नविन घर्तिमगरले गर्नुभएको हो ।

लोक, आधुनिक लगायत थुप्रै गीतमा शब्द तथा स्वर भन्दै आएकी गायिका गायत्री पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा पनि देखिदै आउनुभएको छ । ‘थरी थरी भोले’ गीत निर्देशक गायिकाले आफ्नै शिवर्दन फिल्मस्बाट निर्माण तथा सार्वजनिक गर्नुभएको हो ।