चलचित्र ‘प्रपञ्च’को गीत सार्वजनिक

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

नयाँ नेपाली चलचित्र 'प्रपञ्च'को गीत सार्वजनिक गरिएको छ । बिएस बलामी निर्देशित चलचित्र प्रपञ्चको ‘मुटुमा सास भर्ने आधार’ सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरियो ।

गीतमा चलचित्रका मुख्य कलाकार सुमन थापा र मेनुका माझिलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । सिनेमाको गीत डिएआर मुभिजबाट सार्वजनिक गरिएको हो । सन्तोष प्रगाढको संगीत तथा दिनेश सुवेदीको शब्द रचना रहेको गीतमा शंकरलाल श्रेष्ठ र ऋद्धा दियालीको स्वर छ । चलचित्रको गीतमा तेञ्जु योन्जनको कोरियोग्राफी हेर्न सकिन्छ ।आगामी असोज २१ गतेबाट प्रदर्शनमा आउने प्रपञ्चलाई बद्री साह, अनिल गुीता र रवि राज आचार्यले निर्माण गरेका हुन् । सिनेमाको कार्यकारी निर्मातामा शिवानी बलामी छिन् ।

चलचित्रमा सिद्धार्थ सिंह, ध्रुव ककोइराला, पियुस मगर, मनिल तामाङ,   प्रकृति केसी, जोशना  सिमखडा, सिजन तिवारी रुपशराज  खड्का लगायतका कलाककारको पनि अभिनय रहेको छ । चलचित्रमा प्रकाश कुँवरको कथा, दिवस गुरुङको डिओपी, देव मर्हजनको द्धन्द्व निर्देशन, प्रविन ढकालककोे सम्पादन रहेको छ । तर्कराज न्यौपाने मेख्य सहायक निर्देशक रहेको छ सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।