गायत्री मन्त्रमा पनि स्वर सुल्तान शिशिर योगीको स्वर

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

लोकप्रिय गायक शिशिर योगीले गायत्री मन्त्रमा पनि स्वर दिनु भएको छ । पछिल्लो समय भक्ति सङ्गीतमार्फत आफ्नो स्वरको जादू देखाउँदै आउनु भएका गायक योगीको गायत्री मन्त्र गाएको उक्त भिडियो शनिबार सार्वजनिक गरिएको हो । भिडियो शिशिर योगीकै युटयुव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गायत्री मन्त्रमा पनि शिशिरले नै सङ्गीत भर्नुभएको छ । उहालाई आवाजमा सलिना बिक र उहाकै सुपुत्री श्रुति योगीले साथ दिनुभएको छ । नोर्बु शेर्पाले सबै मन्त्रमा सङ्गीत संयोजन गर्नुभएको छ । ध्वनि सम्पादनको काम प्रकाश मिश्रले गर्नुभएको छ भने दृश्य सम्पादन वीरेन्द्र  भाट ‘विपीन’ ले गर्नुभएको छ । आवश्यक सुझाव, सल्लाह र शब्द सम्पादनको कार्य भने बासुदेव कृष्ण शास्त्रीले गर्नुभएको छ । रेकर्डिस्टका रुपमा अजय कार्की रहनुभएको छ ।

स्वर सुल्तानको उपनाम बनाउनु भएका शिशिरले गाएका ‘मानिस खोजिरहेछु, सारंगी त रेटे पनि, आमाले घाँस काट्दै गर्दा, आमा, बा’ लागायतका गीत सदावहार बनेर नेपाली सङ्गीत आकाशमा गुन्जिरहेका छन् । योगीले बिशेषगरी राष्ट्रप्रेम, जीवनदर्शन र करुण रसका मर्मभेदी गीत गाउँदै आउनु भएको छ ।