दर्शकको म प्रतिको विश्वास टुट्न दिन्नः खगेन्द्र लामिछाने

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पानीफोटो’ का निर्देशन तथा कलाकार हुनुहुन्छ खगेन्द्र लामिछाने । यसअघि अभिनयबाट दर्शकको मन जितिसक्नुभएका खगेन्द्रले यसपटकबाट निर्देशनको रुपमा पनि दर्शकको मनमा बस्नु उत्तिकै चुनौती छ ।

यसैबिच शुक्रबार बिहान काठमाडौंको सिटी सेन्टरमा रहेको बिग मुभिजमा आयोजीत ‘पानीफोटो’को प्रेस शोबाट आएको सकारात्मक प्रतिक्रियाले खगेन्द्र उत्साहित देखिनुभएको छ ।

करीब दुई दशक अगाडि गुरुकुलमा मञ्चन भएको नाटकको कथावस्तुमाथि खगेन्द्रले चलचित्र बनाउनुभएको हो । चलचित्रले द्वन्द्वकालमा बेपत्ता भएको छोरालाई खोजी गरिरहेको एक दाम्पतीको कारुणीक कथा भनेको छ ।

उहाँले आफूलाई कथावस्तुले छोएरै आफूले चलचित्र बनाएको बताउँदै भन्नुभएको छ, ‘मैले अहिलेसम्म सयौंपटक चलचित्र हेरिसकेको छु र हरेक पटक हेर्दा आफैंले नयाँ चिज भेटिरहेको हुन्छु । चलचित्र मेरो मनमा बसेको छ । दर्शकलाई पनि चलचित्रले छुन्छ भन्ने विश्वास छ ।’

खगेन्द्रले आफूप्रति विश्वास गर्नुभएका दर्शकको विश्वास टुट्ट नदिने बताउनुभएको छ । उहाँले अघि भन्नुहुन्छ, ‘यसअघि मैले अभिनय गरेका कमर्शियल होस् वा अरु खालको चलचित्र, दर्शकलाई निराशै बनाएको छैन । दर्शकहरुले पनि तपाईंको चलचित्र हेरेर बर्बादै भयो भनेर भन्नुभएको छैन । यदी त्यो विश्वास अझै पनि मप्रति कायम छ भने ढुक्क भएर चलचित्र हेर्न आउँदा हुन्छ । त्यो विश्वास म टुट्न दिन्नँ ।’

चलचित्रमा मलिका महत र मेनुका प्रधानको पनि मुख्य भूमिका रहेको छ । प्रेस शोमा दुईजना उपस्थित हुनुहुन्थ्यो । मलिका र मेनुकाले पनि दर्शकलाई चलचित्र मन पर्नेमा पुर्ण आशा राखेको बताउनुभयो । मलिकाले आफ्नो चलचित्र आफैले हेरिरहँदा भावुक भएको बताउनुभयो । साथै उहाँले आफ्नो कामबाट आफू सन्तृष्टि रहेको पनि बताउनुभयो ।

चलचित्रमा खगेन्द्र, मलिका र मेनुकासँगै अनुप बराल, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, राधा श्रेष्ठ, कमलमणि नेपाल, अशान्त शर्मा, अजस्र ढुङ्गाना, कमल देवकोटा, पुष्पा यादव, सुलक्क्षण भारती, टिकाभक्त जिरेल, अनोज पाण्डे, अनिल पाण्डे, अर्जुन पौडेल, नवराज गिरीलगायतको अभिनय रहेको छ । चलचित्रको निर्मातामा रोजिना सिटौला र रविन्द्र बज्राचार्य हुनुहुन्छ ।