उपाध्यायका तिनवटा गीति एल्बम एकसाथ बिमोचन

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

डश म्युजिकद्धारा उत्पादन तथा वितरण गरिएको तीन गीति एल्बम एकसाथ बिमोचन गरिएको छ । संगीतकार योगेन्द्र उपाध्यायका ‘सँगै हिडौंन’, ‘काटिमा कुटी’ र ‘क्लीयरकट’ एकसाथ बिमोचन गरिएको हो । बिहीबार काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थानमा आयोजित एक कार्यक्रमका प्रमुख अतिथी बरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठ लगायतका अतिथिले बिमाचन गर्नुभयो ।

कार्यक्रममा बिशिष्ठ अतिथी बरिष्ठ गायिका ज्ञानु राणा, बिशेष अतिथी बरिष्ठ संगीतकार राजु सिंह, बरिष्ठ गायक शिव परियार, बरिष्ठ संगीतकार भुपेन्द्र रायमाझी, रेडियो नेपालका बोर्ड सदस्य तथा बरिष्ठ संगीतकार टिका भण्डारी, रोयल्टी संकलन समाजका महासचिव बि. पाण्डे, संगीतकार संघका अध्यक्ष पारस मुकारुङ, संगीत उत्पादक संघका अध्यक्ष सूर्य मगर, डश म्युजिकका कार्यकारी निर्देशक बरिष्ठ संगीतकार शंकर थापा ‘स्माइल’, संगीतकार योगेन्द्र उपाध्याय लगायतले एल्वम बिमोचन गर्नुभयो ।

बिमोचन कार्यक्रममा बोल्दै संगीतकार योगेन्द्र उपाध्यायले आफुले २०७६ सालमै पहिलो एल्बम रिलिजको तयारी गर्दै गर्दा कोभिडका कारण रोकिएको जनाउनुभयो । २०७७ मा अर्को एल्बम तयार गरेर एकसाथ रिलिजको तयारी गर्दा कोभिडको दोस्रो लहर आएकोले सार्वजनिक गर्न नसकेको बताउनुभयो । जसका कारण अहिले एकसाथ तिनवटा एल्बम सार्वजनिक गरेको उहाको भनाई छ । योगेन्द्रले आफुले सिकेको संगीतका बिभिन्न सुरहरुलाई एल्बम मार्फत प्रस्तुत गरेको बताउनुभयो । योगेन्द्रका तिनै एल्बम फरक फरक जनरामा छन् । ६ वटा गीत समावेश भएको ‘सँगै हिडौंन’ आधुनिक तथा गजल गीतहरुको संग्रह हो भने ७ वटा गीतहरु समावेश भएको ‘काटिमा कुटी’ लोक फ्लेवरका गीतहरु समावेश भएको एल्वम हो । यस्तै ७ वटा गीतहरु समावेश भएको ‘क्लीयरकट’ वेस्टर्न फ्लेवरका गीतहरुको संग्रह हो ।

सार्वजनिक एल्वमको समिक्षा गर्दै प्रमुख अतिथी वरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठले योगेन्द्रको प्रसंसा गर्नुभएको छ । २०६७ र २०६८ सालको भत्ति संगीत प्रतियोगीतामा प्रथम भएको योगेन्द्रले २०७१ सालको राष्ट्रब्यापी खुल्ला आधुनिक गीत प्रतियोगीतामा संगीत तर्फ प्रथम स्थान हासिल गर्नुभएको थियो । योगेन्द्रले त्रिभुवन बिश्व बिद्यालयबाट संगीतमै मास्टर्स गरि ‘ललितकलाचार्य’ उपमा समेत प्राप्त गर्नुभएको छ ।