युवा व्यवसायी राज कार्की सम्मानित

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">नेपाली म्युजीक भिडियो क्षेत्रका निर्माता तथा युवा ब्यवसायी राज कार्की सम्मानीत हुनुभएको छ । कार्की नकपा एमाले खोटाङ काठमाडौँ सम्पर्क मञ्चबाट सम्मानित हुनुभएको हो । राजधानीमा आयोजित एक कार्यक्रममा पूर्व सभामुख माननिय सुबास चन्द्र नेम्बाङबाट कार्की सम्मानित हुनुभएको हो ।&nbsp;</p><p style="text-align: justify; ">कार्कीले काठमाडौंको बागबजारमा सुट्माला टेलिरिंग सञ्चालन गर्दै आउनुभएको छ । नेकपा एमाले खोटाङ काठमाडौँ सम्पर्क मञ्चले स्थानीय तहमा नवनिर्वाचित प्रमुख, उपप्रमुख लगायत व्यवसायीहरुलाई सम्मानित गरेको हो । नेकपा एमालेका उपाध्यक्ष पूर्व सभामुख माननिय सुबास चन्द्र नेम्बाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले स्थायी कमिटिका सदस्य तथा माननिय सांसद लालबाबु पण्डित, नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा संसदिय दलका प्रमुख सचेतक तथा खोटाङ जिल्ला इन्चार्ज माननिय विशाल भट्टराई लगायत बिभिन्न जनवर्गिय संगठनका पदाधिकारीहरुको उपस्थिीति रहेको थियो ।</p><p style="text-align: justify; ">नेकपा एमाले खोटाङ काठमाडौँ सम्पर्क मञ्चले युवा व्यवसायी कार्कीलाई मञ्चलाई पुर्‍याएको सहयोग स्वरुप सम्मान प्रदान गरेको हो । आफूलाई सम्मानित गरेकोमा कार्कीले मञ्चलाई धन्यवाद व्यक्त गरेका छन् ।</p>