जुम्लाको कथा बोल्ने ‘प्रकाश’

गोपिकृष्ण चापागाईं/ भदौ, काठमाडौं ।

लामो केश, आँखामा चस्मा, चकलेटी अनुहार भएका नायक प्रदीप खड्काले बिशेषगरी लुक्सकै कारण युवा दर्शक धेरै पाउनुभयो । प्रदीपको स्टारडमकै कारण चलचित्र हेर्न हलसम्म पुग्ने दर्शक धेरै छन् । प्रेमगीतका सिरिजहरुमा देखिनुभएका प्रदीपलाई चलचित्र ‘प्रकाश’मा भने निकै फरक पाइन्छ ।

जुम्लाको बिकट क्षेत्रको एक युवा जो सरकारी शिक्षक बन्नका लागी संघर्ष गरिरहेको छ । जुनयुद्धबाट बेपत्ता भएका बुबा फर्किने आशा र जागिर खाने सपना पुरा गर्नका लागी हलो जोतेरै संघर्ष गर्ने युवकको भूमिकामा अभिनेता प्रदीप खड्का हुनुहुन्छ । प्रदीपले निभाएको प्रकाशको भूमिकामा डुब्दा लाग्दैन कुनै लकलेटी नायक हुन् । आफ्नो भूमिकालाई न्याय गर्नुभएका प्रदीपको अभिनयलाई लिएर तारिफ गर्न थालिएको छ ।

‘‘लाइगर’लाई मल्टिप्लेक्स चेन क्युएफएक्समा ६५ शो दिँदा ‘प्रकाश’ लाई १६ र ‘राधा’ लाई जम्मा १४ शो दिइएको छ ।’’

बुधबार साँझ काठमाडौंको बिग मुभिजमा गरिएको प्रिमियरबाट चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ । ‘चलचित्रको पोष्टर हेरेदेखी नै यो चलचित्र कस्तो होला भन्ने उत्सुकता थियो । प्रदीप खड्काको काम देखेर म अचम्म परेँ । निकै राम्रो काम गर्नुभएको छ । ’ चलचित्र हेरिसकेपछि नायिका नम्रता श्रेष्ठले भन्नुभयो । ‘निर्देशक दिनेश राउतको काम सधैं राम्रो हुन्छ । चलचित्रको सबैपाटो निकै मनप¥यो ।’ यस्तै चलचित्र निर्देशक तथा कलाकार दिपाश्री निरौलाले पनि अभिनेता प्रदीप खड्काको तारिफ गर्नुभयो । उहाँले भन्नुभयो, ‘बिशेषगरी यो चलचित्र नेताहरुलाई देखाउनुपर्ने चलचित्र हो । यो चलचित्र एकपटक हेरेपछि मन ढक्क हुन्छ । निर्देशकिय पाटो देखी कलाकारहरुले गरेको जीवन्त अभिनयले मलाई निकै मन प¥यो ।’

अर्का निर्देशक तथा कलाकार खगेन्द्र लामिछानेले पनि चलचित्र हेरिसकेपछि आफूलाई चलचित्रको ट्रेलर हेरेदेखी नै मन परेको र पुरा चलचित्र हेरेपछि आफ्नो मन छोएको बताउनुभयो । साथै खगेन्द्रले प्रदीपले यस्तो किसिमको काम गर्दा अचम्म लागेको बताउनुभयो । ‘प्रदीपको काम गरेर अचम्म परेँ । यो किसिमको काम गरेको देख्दा निकै मज्जा लाग्यो । यस्तो किसिमको चलचित्र मलाई निकै मनपर्छ ।’ खगेन्द्रले भन्नुभयो । ‘चलचित्रको मेकिङ देखी कलाकारको काम तारिफ योग्य छ ।’

कलाकार सौगात मल्ले चलचित्र रिलिज भएपछि पहिलो शो हेर्छु भनेर आतुर भएको र प्रिमियरमै हेर्न पाउँदा खुसी लागेको बताउनुभयो । बिशेषगरी फरकधारको चलचित्र हेर्न रुचाउने सौगातले ‘प्रकाश’को हरेक कुरा उत्तिकै मन परेको बताउनुभयो । साथै नायिका सृष्टि श्रेष्ठले पनि चलचित्र हेर्दै गर्दा जुम्लामै गएको आभास भएको र त्यहाँको महसुस गर्न पाएको बताउनुभयो । सौगात र सृष्टिकै मुख्य अभिनय रहेको चलचित्र ‘राधा’ पनि आज शुक्रबारबाटै देशभर प्रदर्शनमा आउँदैछ । ‘प्रकाश’ र ‘राधा’ एकै मितिमा प्रदर्शनमा आएपछि एकअर्काको टिमलाई शुभकामना दिँदै दुबै टिमका कलाकार तथा निर्माण टिम प्रिमियरमा उपस्थित भएका थिए । बिहीबार साँझ सम्पन्न ‘राधा’को प्रिमियरमा पनि ‘प्रकाश’को टिमको उपस्थिती थियो ।

बिदेशी फिल्मको चेपुवामा

प्रदर्शनमा आएका ‘प्रकाश’ र ‘राधा’ दुबैले उच्च शो पाउन सकेका छैनन् । दक्षिण भारतीय चलचित्र ‘लाइगर’पनि सँगै प्रदर्शनमा आएको छ । सिनेमा हल मालिकहरुले ‘लाइगर’को छेऊमा नेपाली चलचित्रलाई निकै कम शो दिएका छन् । बिहीबारबाटै प्रदर्शनमा आएको ‘लाइगर’लाई मल्टिप्लेक्स चेन क्युएफएक्समा ६५ शो दिँदा ‘प्रकाश’ लाई १६ र ‘राधा’ लाई १४ शो दिइएको छ । साउथको चलचित्रको अगाडी अभिनेता प्रदीप खड्काको स्टारडमलाई पनि विश्वास नगरेको देखिन्छ ।

यसैबिच आफ्नो चलचित्रले कम शो पाएपछि अभिनेता प्रदीप खड्काले प्रतिस्पर्धामा बाहिरको चलचित्र रोक्नुपर्छ भन्ने धारणा आफ्नो नरहेको र प्रदर्शन पछि माग बढेमा शो पनि बढ्नेमा विश्वास राख्नुभयो ।

Follow us on Tiktok: