‘झिँगेदाउ’को प्रतिक्रिया बुझ्न चितवनमा आँचल शर्मा

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

अहिले प्रदर्शन भइरहेको चलचित्र ‘झिँगेदाउ’को प्रतिक्रिया बुझ्न नायिका आँचल शर्मा चितवन पुग्नुभएको छ । सोमबार आफू अभिनित चलचित्रको दर्शक प्रतिक्रिया बुझ्न गृहजिल्ला चितवन पुग्दा फ्यानको उल्लेख साथ् पाइन् ।

क्युएफएक्सको जलमा र इन्द्रदेव हल पुग्दा आँचलसंग फोटो खिच्ने दर्शकको उल्लेख्य भिड देखियो । सोमबार चितवनका हलमा 'झिँगेदाउ' ८० प्रतिशत माथिको अकुपेन्सीका साथ् प्रदर्शन भैरहेको छ ।

चलचित्र हेर्न विशेष गरि महिलाहरुको उपस्थिति बढी देखियो । परिवारसहित चलचित्र हेर्नेको संख्यापनि धेरै थियो । परिवारसहित सिनेमा हेर्न आएकी एक आमाले आँचल भेट्दा आफुलाई सम्हाल्न सकिनन् । आँचललाई अँगालो हाल्दै उनले आँशु बगाइन ।

शुक्रबारदेखि प्रदर्शनमा आएको 'झिँगेदाउ' यतिबेला सफलताका साथ् प्रदर्शन भैरहेको छ । चलचित्रको 'वर्ड अफ माउथ' बलियो रहेका कारण वीकडेजमा पनि दर्शक उर्लिएका छन् ।

आमा र छोरा- बुहारीहरुको कथा भन्ने सिनेमामा आँचलसंगै केकी अधिकारी, मुकुन भुषाल, कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतको पनि अभिनय रहेको छ ।

सिनेमामा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरे (कल्पित)को छायांकन, रोशन श्रेष्ठको एक्सन र मित्रदेव गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको सिनेमामा सुशील दाहाल र इश्वर घिमिरेको सहनिर्माण छ ।

प्रदीप भारद्वाजको लेखन रहेको चलचित्र भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित छ । चलचित्र कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको व्यानरमा निर्माण भएको हो ।