स्मारिकालाई पुष्प भन्दैछन्, ‘हेल्लो हाई डार्लिङ’

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

गायक बुद्धिमान विश्व र गायिका मिलन नेवारको स्वर रहेको गीत ‘हेल्लो हाई डार्लिङ’ सार्वजनिक गरिएको छ । राजन पोखरेलको शब्द तथा निरोज लामाको संगीत र एरेन्ज रहेको गीतको भिडियोमा पुष्प खड्का र स्मारिका ढकाल फिचर्ड छन् ।

डान्सिङ गीतको भिडियोमा पुष्प र स्मारिकाको प्रेमभावलाई प्रस्तुत गरिएको छ । यी दुईले नृत्यसँगै मायामा परेको जोडीको भावलाई गीत मार्फत प्रस्तुत गरेका छन् । ‘गीतमा प्रेममा भित्रिएको प्रविधिलाई पनि जोडेका छौँ । गीत अनुसार नै भिडियो तयार भएको छ’ गायक बुद्धिमानले भने ।

सार्वजनिक गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । उनले गीतमा पुष्प र स्मारिकालाई राम्रै नृत्य गराएका छन् । ‘गीतमा प्रेम व्यक्त गरिएको छ । साथै प्रविधिलाई पनि जोडे अनुसार नै भिडियोमा प्रस्तुत गरेको छु’ उनले भने । गीतलाई कल्पना तामाङले निर्माण गरेकी हुन् । यसमा बुद्ध लामाको छायांकन , निम बाबु तामाङको कोरियोग्राफी , विकाश धमलाको सम्पादन , विनिता कठायतको स्टाइलीङ रहेको छ । भिडियोको प्रोडक्सन म्यानेजर सुदीप ढकाल रहेका छन् ।