सौगात, आर्यन र बर्षाको ‘लाखे’ अब कार्तिक १८ मा

आर्टिष्ट खबर/ असोज, काठमाडौँ ।

सस्पेन्स थ्रीलर जनराको प्रतिक्षित फिल्म ‘लाखे’ पूर्वनिर्धारित भन्दा एक साता पर सरेको छ । फस्र्टलुक र ट्रेलरबाट चर्चा कमाएको फिल्म अब कार्तिक १८ मा दर्शकमाझ आउने छ । पहिला यो फिल्म कार्तिक ११ मा प्रदर्शन हुने तयारीमा थियो । तर सो मितिमा बरिष्ट अभिनेता द्धय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य अभिनीत फिल्म ‘महापुरुष’ प्रदर्शन हुने भएकाले दिग्गजहरुको सम्मानमा आफुहरु एक सातापछि हटेको ‘लाखे’ टिमले जनाएको छ ।

सम्राट बस्नेत निर्देशीत फिल्ममा सौगात मल्ल,अनुप बिक्रम शाही,अर्पण थापा,आर्यन अधिकारी,वर्षा राउत,रोहित रुम्वा,संजोग राणा,सुशील सिटौला,प्रशान्त ताम्राकार,रक्षा बुढाथोकी,कालु राना,सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् । पछिल्लो समय नेपाली फिल्मको ब्यापार राम्रो हुदै गइरहेकाले एउटै मितिमा प्रतिक्षित दुईटा फिल्म प्रदर्शन गर्दा दर्शक बाँडिने तथा दुवै फिल्मलाई असर पर्ने समेत देखेर आफूहरु एकसाता पछि गएको निर्माता डिपी भण्डारीले बताएका छन् । ‘सिनीयर दाइहरुको सम्मान तथा सन्तुलित ब्याबसायको पद्धती बसाल्न हामी एक सातापछि गएका हौं । यसले दुवै फिल्मलाई फाइदा गर्ने बिश्वास हाम्रो छ,’ निर्देशक सम्राट भन्छन्, ‘ठूलो बजेटका फिल्म एक आपसमा जुध्दा अन्ततः दुवैलाई घाटा हुन्छ । त्यसमाथि केही समयको ग्याबपछि हाम्रो आदरणीय दाइहरुको फिल्म आउदैछ । त्यसैले हामी एक साता पर जान कत्ति पनि हच्किएनौं ।’

सिजन अर्यालको कथा र निर्माण रहेको फिल्मको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म सुजन प्रजापतिले खिचेका हुन् भने कोरियोग्राफी कविराज गहतराजको छ । निर्देशक सम्राटकै द्धन्द्ध निर्देशन रहेको फिल्मका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ । फूलपातीको दिन ट्रेलर सार्वजनीक गरिएको फिल्मको आइटम गीत आइतबार राजधानीमा एक कार्यक्रमका बीच दर्शकमाझ ल्याउने तयारी निर्माताको छ ।

औरियन प्रोडक्सनले ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको फिल्मकोे पटकथा आकाश बरालले हुन भने सम्वादमा उनलाई अनुप न्यौपाने सघाएका छन् । फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्ने फिल्म अर्जुन जिसीले सम्पादन गरेका हुन । मल्टि स्टारकास्ट युक्त फिल्म स्वेदशसँगै थुप्रै देशमा प्रदर्शन गर्ने तयारी गरिएको छ ।

कात्र्तिक १८ गते नै अर्को नेपाली चलचित्र मीलन प्रदर्शनमा आउने तयारीमा रहेको छ । टेक पौरखी राईले निर्देशन गरेको यो चलचित्रमा सलोन बस्नेत, कुशल शाह ठकुरी र शिल्पा थापाको मुख्य भूमिका रहेको छ ।