गायक मिलन लामा प्रतिनिधिसभामा चितवन क्षेत्र नं १ संघीय सांसद्को दौडमा

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, भरतपुर ।&nbsp;</b></pre><p style="text-align: justify; ">लोकप्रिय गायक मिलन लामाले आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । &nbsp;‘सूर्यमुखी फूल’ चुनाव चिन्ह लिएर चितवन क्षेत्र नं १ बाट उनले उम्मेदवारी दिएका हुन् ।</p><p style="text-align: justify; ">करिब दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील लोक तथा दोहोरी गायक लामा गायन सँगै सामाजिक कार्यमा पनि सक्रिए छन् । उनले चितवनसँगै बिभिन्न ठाउँमा दुखी गरिबको घर बनाइदिने देखी विपन्न, असहायलाई सहयोग गर्दै आएका छन् ।&nbsp;</p><p style="text-align: justify; ">गायक लामाले सामाजिक काममा लाग्दै गर्दा व्यक्तिगतरुपमा लाग्नुभन्दा राज्यकै संयन्त्रमा बसेर काम गर्दा बढी प्रभावकारी हुने देखेपछि यसपटक प्रतिनिधिसभामा जाने चाहना बढेको बताएका छन् । भुइँमान्छेका हकअधिकारका लागि आफू एक्लै लाग्नुभन्दा राज्य संयन्त्रमा पुगेपछि त्यसबारे अरुलाई पनि बुझाउन पाइन्छ भन्ने अपेक्षाका साथ निर्वाचनमा होमिएको उनले बताए ।</p><p style="text-align: justify; ">गायक मिलन नेपाली साँगितीक क्षेत्रमा अहिले पनि उत्तिकै सक्रिए छन् । साँगितीक क्षेत्रको दुई दशकको यात्रामा रहेका लामालाई देश तथा बिदेशबाट साँगितीक प्रस्तुतीकै लागी अहिले पनि उत्तिकै डिमाण्ड आउने गर्दछ । पहिलो एल्बम ‘कृष्णभीरमा जाम’बाटै चर्चा कमाएका गायक लामाको त्यसयता ‘हङ्कङ आइडीले’, ‘माझी दाइ’, ‘झल्को लाली ओठको’ हुँदै ‘लालुपाते’, ‘गाईलाई दाम्लो माछीलाई फुर्लुङ’लगायत दर्जन बढी चर्चित गीत छन् । ‘मिलन’ नामक लोकआधुनिक एल्बमसमेत निकालेका लामाको केही समयअघि मात्रै ‘डण्डा कावासोती’ बोलको लोक तथा दोहोरी गीत बजारमा आएको थियो ।</p>