कोरियामा नेपाली पोशाकमा देउसी भैलो, उठेको रकम नेपालका बिपन्न बिद्यार्थीलाई

आर्टिष्ट खबर/ कार्तिक, काठमाडौं ।

नेपाली बिद्यार्थी समाज, कोरिया (सोनसिक) ले यसबर्षको तिहारको अवसर पारेर बृहत देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । सोनसिकले नेपालका गरीब तथा बिपन्न बिद्यार्थीहरुको सहयोगका लागि दुई दिने बृहत देउसी भैलो कार्यक्रमको आयोजना गरेको थियो । नेपाली बिद्यार्थी समाज, कोरिया (सोनसिक) दक्षिण कोरियामा रहेका नेपाली बिद्यार्थीहरुको संस्था हो ।

नेपालमा रहेका गरीब तथा बिपन्न बिद्यार्थीहरुलाई सहयोग गर्ने मुख्य उद्देश्यका साथ बिगतका बर्षहरुमा पनि देउसी भैलो कार्यक्रम सञ्चालन गर्दै आएको सोनसिकले कोरोनाका कारण केही बर्ष देखि उक्त कार्यक्रम सञ्चालन गर्न सकेको थिएन । दक्षिण कोरियाको सउल स्थित नेपाली रेष्टुरेन्टहरु, रेमिट्यान्स् कम्पनीहरु, नेपाली मार्टहरु लगायतमा सम्पन्न भएको उक्त देउसी भैलो कार्यक्रम नेपाली भेषभूषा सहित आएका सोनसिकका कलाकारहरुको बिचमा भब्य रुपमा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली गुन्यु चोली, फरिया, दौरा सुरुवाल, ढाका टोपी सहित सजिएका नेपाली कलाकारहरुले नेपालमा मौलिक रुपमा खेलिने देउसी भैलोको झल्को दिने नेपाली मौलिक भाकाहरुको प्रस्तुति सहित देउसी खेलेका थिए । मादल र खैजडीको तालमा भट्याउने, एकै स्वरमा देउसिरे भन्ने, चुड़का गाउने, नाच्ने, आशिष दिने, घरबेटीलाई खुसी बनाउने आदि जस्ता अभ्यास द्वारा देउसी भैलो कार्यक्रम सौहार्दतापूर्ण तरिकाले सञ्चालन भएको थियो ।

देउसी भैलोबाट उठेको रकम गरीब असहाय नेपाली बिद्यार्थिहरुको छात्रबृत्तिका लागि प्रयोग गरिने कुरा सोनसिकको १९ औं कार्यसमितिका सभापति मनिस पाण्डेले बताएका छन् ।