‘सरी मम’ को शीर्ष गीत सार्वजनिक

आर्टिष्ट खबर/ कार्तिक, काठमाडौँ ।

‘एन्टी ड्रग्स’ अभियानसहित निर्माण भएको चलचित्र सरी मम’ को शीर्ष गीत सार्वजनिक भएको छ । गएको शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच अभिनेता राजेश हमालको उपस्थितिमा निर्माण टिमले फिल्ममा समावेश पहिलो गीत सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गर्यो । यो चलचित्र आगामी मंसिर १५ मा रिलिज हुनेछ ।

निर्माता विनोद लामाले चलचित्रलाई एक हप्ता मात्रै हलमा प्रदर्शन गर्ने र त्यो पनि बाग्मती प्रदेशमा मात्रै रिलिज गर्ने घोषणा गरे । हलमा सार्वजनिक प्रदर्शनपश्चात चलचित्रलाई देशब्यापी रूपमा लक्षित वर्गसम्म पुर्याउने अभियान सुरू गर्ने लामाले बताए ।

कार्यक्रममा बोल्दै अभिनेता हमालले राज्यस्तरबाट सञ्चालन हुनुपर्ने अभियानसहित सोही विषयमा फिल्म निर्माण गरेकोमा निर्माण टिमलाई बधाइ दिए । प्याब्सन केन्द्रीय उपाध्यक्ष दीपा थापाले स्कुल कलेजमा पढ्दै गरेका थुप्रै विधार्थीहरू कुलतको शिकार बनिरहेको भन्दै त्यो बाटो बन्द गर्न यो प्रकारको फिल्मले सकारात्मक सञ्चार दिने बताइन् ।

मुख्यतः किशोरावस्था र युवापुस्ताका दर्शकलाई लक्षित गरेर निर्माण गरिएको फिल्मको प्रदर्शनी तथा च्यारेटीलाई सरकारी स्तरबाट प्रदेश सरकार, नगरपालिका , गाउँपालिका , नेपाल प्रहरीसँगै नेपाल जेसिज, नार्कोनान नेपाल शिक्षा क्षेत्रमा कृयाशिल संस्थाहरू प्याब्सन , एन-प्याब्स , हिसान , शिक्षक महासंघ लगायतले सहकार्य गरिसकेका छन् । उल्लेखित संस्थाहरूको बलमा निर्माण टिमले जतिसक्दो धेरै लक्षित वर्गमा फिल्म देखाउने उद्देश्य लिएको लामाले बताए ।

एनएफआई क्रियशनको ब्यानरमा नविन बोगटीको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल र सरिता लामिछानेसँगै एलिस राई, प्रभात पल , प्रविल कडेल , आरबि कटुवाल , बिहान श्रेष्ठ, युनिसा बजगाइँ , रेजिना मगर , सरोज बखुरेल, लालमणि भण्डारी अभिनयमा छन् । फिल्ममा दिर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ छन् ।

शनिबार सार्वजनिक गीतमा प्रज्वल श्रेष्ठको स्वर रहेको रहेको छ । शब्द संगीत प्रज्वल श्रेष्ठ र नबिन बोगटीको छ ।