‘सरी मम’ मा समावेश एक गीत सार्वजनिक

आर्टिष्ट खबर/ कार्तिक, काठमाडौँ ।

लागु औषध विरुद्धको सन्देशसहित निर्माण भएको फिल्म 'सरी मम' मा समावेश एक गीत सार्वजनिक भएको छ । अघिल्लो हप्ता मात्रै बाग्मती प्रदेश तार्गेट गर्दै मंसिर १५ लाई प्रदर्शन मिति घोषणा गरेको निर्माण टिमले फिल्ममा समावेश गीत सार्वजनिक गरेको हो ।

युट्यूवमा सार्वजनिक 'निस्वार्थ माया' बोलको गीतमा प्रज्वल श्रेष्ठको स्वर छ भने प्रज्वलले नै शब्द तथा संगीत संयोजनको काम गरेका छन् । गीतको भिडियोमा फिल्ममा समावेश मुख्य कलाकारहरू फिचर्ड छन् ।

फिल्ममा निर्माता विनोद लामाले फिल्मलाई एक हप्ता मात्रै हलमा प्रदर्शन गर्ने उद्देश्यसहितमंसिर १५ मा बाग्मती प्रदेशलाई लक्षित गरेर रिलिज घोषणा गरिएको बताए । हलमा सार्वजनिक प्रदर्शनपश्चात फिल्मलाई देशब्यापी रूपमा लक्षित वर्गसम्म पुर्याउने अभियान सुरू गर्ने लामाले बताएका छन् ।

एनएफआई क्रियशनको ब्यानरमा नविन बोगटीको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल , प्रविल कडेल , आरबि कटुवाल , बिहान श्रेष्ठ, युनिसा बजगाइँ , रेजिना मगर , सरोज बखुरेल, लालमणि भण्डारी अभिनयमा छन् । यो फिल्ममा दिर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् ।

किशोरावस्था र युवापुस्ताका दर्शकलाई लक्षित गरेर निर्माण गरिएको फिल्मको प्रदर्शनी तथा च्यारेटीलाई सरकारी स्तरबाट प्रदेश सरकार, नगरपालिका , गाउँपालिका , नेपाल प्रहरीसँगै नेपाल जेसिज, नार्कोनान नेपाल शिक्षा क्षेत्रमा कृयाशिल संस्थाहरू प्याब्सन , एन(प्याब्स , हिसान , शिक्षक महासंघ लगायतले सहकार्य गरिसकेका छन् । उल्लेखित संस्थाहरूको बलमा निर्माण टिमले जतिसक्दो धेरै लक्षित वर्गमा फिल्म देखाउने उद्देश्य लिएको छ ।