अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा भारत र अर्जेन्टिनाको नाटक

आर्टिष्ट खबर/ मंसिर, काठमाडौँ ।

‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ भइरहेको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) अन्त्यतिर आइपुगेको छ । नौ दिवसीय महोत्सवको आठौं दिन आज शुक्रबार भारत र अर्जेन्टिनाको नाटक तथा विविध कार्यक्रम हुँदैछ ।

शुक्रबार राजेश सिंह निर्देशित भारतको नाटक ‘ब्ल्याकबोर्ड ल्याण्ड’ मञ्चन हुँदैछ । ९० मिनेट लामो नाटक युद्धको समयमा कुनै एकान्त ठाँउमा भेटिएका तीन व्यक्तिहरुको वरिपरि घुम्दछ । कथा अगाडि बढ्दै जाँदा, उनीहरुबीचको मतभेद र भिन्नताहरुले द्वन्द निम्त्याउँछ, फलस्वरुप उनीहरु शारीरिक हिंसामा उत्रन्छन् ।  ‘ब्ल्याकबोर्ड ल्याण्ड’ मध्यान्ह १२ बजे र दिउँसो ४ बजे मञ्चन हुँदैछ ।

त्यस्तै साँझ ६ बजे कस्ट्यान्जा विटअफ निर्देशित अर्जेन्टिनी नाटक ‘नोम्याड’ मञ्चन हुँदैछ । यो सांगितिक तथा शारिरीक शैलीको नाटकले सामाजिक परिवर्तनका अभियान र त्यसको गतिलाई प्रस्तुत गर्नेछ ।

किन चाहिन्छ रङ्गमञ्च समीक्षा ?

शुक्रबार प्यानल डिसकसनको विषयमा रङ्गमञ्चको समीक्षा रहेको छ । रङ्गमञ्चको समीक्षाको आवश्यकता, यसको प्रभाव, वर्तमान समीक्षा परिपाटी लगायतका विषयमा अन्तरक्रिया हुनेछ । रङ्गकर्मी र समीक्षकहरुबीचको अन्तरक्रिया कार्यक्रम दिउँसो १ बजे हुँदैछ ।

चौतारी नाटक र साङ्गितिक कविता

शुक्रबार नै नेपाल र भारतको कलाकारहरु मिलेर चौतारी नाटक ‘प्लेब्याक थिएटर’ पनि हुँदैछ । यसमा दर्शकहरुले आफ्ना जीवनमा भोगेका, देखेका वा सुनेका घटना र अनुभूतिलाई कलाकारमाझ सुनाउनेछन् । दर्शकले सुनाएका सन्दर्भलाई कलाकारहरुले तत्काल विभिन्न विधि प्रयोग गरेर नाटकीय स्वरुपमा ढालेर प्रस्तुत हुनेछन् ।

त्यस्तै साँझ ७:३० बजे विभिन्न युवा कवि तथा संगीतवाधको कविता र संगीतको संगम हुनेछ । शुक्रबारै बिहान ८ बजेदेखि ‘सुजुकी एण्ड भिउप्वाइन्ट’ शीर्षकमा कार्यशाला सुरु भइसकेको छ ।

बिहिबार के के भए ?

सातौं दिन बिहिबार मञ्चन भएको इटालीको नाटक ‘मेड इन इल्भा’ले प्रतिकुल उत्पादन प्रणालीभित्र कैद एक मजदुरको कथा भनेको थियो । कम्बोडियाको कचहरी नाटक र त्यसको कार्यशाला पनि भएको थियो ।

त्यस्तै साँझ भएको ‘थिएटर शिक्षाः अवसर र चुनौती’ प्यानल डिसकसनकमा प्रा।डा। अभि सुवेदी, डा। शिव रिजाल, त्रिभुवन विश्वविद्यालयका मानविकी संकायका प्रमुख कुसुम शाक्य, पाठ्यक्रम विकासका खिलानाथ धमलाका साथ शिशिर उप्रतीले अन्तरक्रिया गरेको थियो ।

त्यस्तै मण्डला थिएटरले सञ्चालन गरेको पहिलो एक वर्षे ड्रामा स्कूलका क्रियाकलाप, उपलब्धी र प्रतिक्रिया समेटिएको वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो । महोत्सव शनिबार समापन हुँदैछ ।