अविनाश र रचनाको ‘जानी नजानी’ गीत सार्वजनिक

आर्टिष्ट खबर/ मंसिर, काठमाडौँ ।

गायक अविनाश थापामगर र गायिका रचना रिमालको स्वरमा रेकर्ड भएको नयाँ गीत ‘जानी नजानी माया गरेनी…’को भिडियो यतिबेला बजारमा आएको छ । रचना पछिल्लो समय चर्चामा रहेकी गायिका हुने भने अविनाश उदाउँदै गरेका उम्दा गायक हुन् ।

यो गीतलाई गायक अविनाशसँगै अजय कार्कीले लेखेका हुन् । जसमा संगीत अविनाश आफैंले गरेका छन् । यसमा सुनिल राईको संगीत संयोजन छ । राजेश श्रेष्ठले रेकर्डिङ तथा किशोर थापाले मिक्सिङ गरेको यो गीतको भिडियोलाई अजय कार्की स्टल नं। २५६ च्यानलबाट रिलिज गरिएको छ ।

यो गीतको भिडियोमा मोडल रन्जित सिन्जाली मगर र धनमाया सोती मगरले अभिनय गरेका छन् । रन्जित आधा दशकदेखि म्युजिक भिडियो मोडलका रुपमा स्थापित छन भने धनमाया पछिल्लो समय टिक टकमा लोकप्रिय छिन् । भिडियोमा यी दुईको जोडी निकै सुहाएको छ । लामो समयदेखि विवाह गर्छु भन्ने योजना बुनेका प्रेमीले बिदेशबाट आएर विवाह नै नगरी फेरी बिदेश जाने अबस्था आएपछि प्रेमीका र प्रेमीले गरेको गुनासोलाई यो भिडियोमा कथानक रुपमा प्रस्तुत गरिएको छ ।

दिब्यराज सुवेदीको छायाँकन रहेको यो भिडियोलाई वीरेन्द्र भाट विपिनले सम्पादन गरेका हुन् । जसमा प्रिती श्रेष्ठको सृँगार छ । भिडियोको निर्देशन गीतकार डब्बु क्षत्रीद्धारा गरिएको हो ।