चलचित्र ‘फूलबारी’को टिजर सार्वजनिक

आर्टिष्ट खबर/ पुस, काठमाडौँ ।

आगामी फागुन ५ गतेदेखी प्रदर्शनमा आउने तयारीमा छ नयाँ चलचित्र ‘फूलबारी’ । यसै चलचित्रको टिजर सार्वजनिक गरिएको छ । यो चलचित्र रामबाबु गुरुङले निर्देशन गरेका हुन् । रामबाबु नेपाली चलचित्र क्षेत्रका ब्ल्गबस्टर निर्देशकको रुपमा चिनिन्छन् । उनले निर्देशन गरेको पछिल्लो चलचित्र ‘कबड्डी ४’ले सर्वाधिक व्यापारको रेकर्ड राख्न सफल भएको थियो ।

२ मिनेट २ सेकेण्ड लामो ‘फूलबारी’को टिजरले पारिवारिक कथाको झल्को दिन्छ । टिजरमा प्राय मुख्य कलाकारहरु अटाएका छन् । विपिन र अरुणा दम्पतिको भूमिकामा देखिएका छन् । ब्याकग्राउण्डमा बज्ने सुरिलो संगीतले चलचित्रको कथासार भन्ने प्रयास गरेको छ ।

चलचित्रमा विपिन र अरुणासंगै  दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखक लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

अभिभावक र सन्तानबीचको सम्बन्धको कथा भन्ने चलचित्रमा उपेन्द्र सुब्बाको पटकथा र कमल किशोर मलपानीको कथा छ । जोश हेरुमको छायांकन रहेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा, अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।

फागुन ५ देखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्रमा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ । सिनेमा यसोदा फिल्म्सको व्यानरमा निर्माण भएको हो ।