‘छैन केहि डर’ मा धिरेन र अनिताको अभिनय

...

माघ, काठमाडौँ । 
लोकप्रिय अभिनेता धिरेन शाक्यको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गौरव गिरीको निर्देशनमा बनेको ‘छैन केहि डर’ बोलको गीतको भिडियोमा धिरेन र अभिनेत्री अनिता केसीको अभिनय देख्न पाइन्छ । अनिता उनै हुन् जसले २४ वर्षपहिले सार्वजनिक चर्चाको अनि हिट चलचित्र  ‘कमाण्डो’मा मुख्य भुमिका निभाएकी थिइन् । एक्सन चलचित्र ‘कमाण्डो’ सँगै केसीले सेतोबाघ, छहारी, बसन्ती, सजायदेखि पूर्व पश्चिम लगायत दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

एकसमयका चल्तिका दुई अग्रज कलाकारलाई गिरीले जोडी बाँध्दा साथमा नुशा खातुन, भद्रजंग कुवंर, रामलक्ष्मण विष्ट र दुर्गाचन्द ठकुरीलाई पनि भिडियोमा देख्न सकिन्छ भने बालकलाकार द्वय उमंग हुमागाइँ र उत्कर्ष हुमागाइँ पनि भिडियोमा फिचर्ड छन् ।

dhiren2.jpg

पारिवारिक कथा समेटिएको गीतको भिडियोमा सामाजिक कामले एउटा बस्तिको प्रतिनिधित्व गर्दै शहर हिँडेको श्रीमान हराएपछि परिवारमा उनको श्रीमती र छोरामा पर्ने प्रभाव र त्यसले घर नै छोड्न बाध्य पार्ने परिस्थितिलाई जोडिएको छ । बुबा हराएपछि परिवारका अन्य सदस्यबाट बालक छोरा अपहेलित हुनुपर्दाको अवस्थालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ । सबै कलाकारले जीवन्त अभिनय पस्केका छन् ।

उक्त गीतमा स्वर विशम आचार्यको छ भने मुकुन्द पौडेलको शब्दमा संगीत जोसेफ शाही ठकुरीले भरेका छन् । गीतमा संगीत एरेञ्जको काम पनि गायक विशमले नै गरेका छन् ।

भिडियोतर्फ भद्रजंग कुवंरको सम्पादन रहँदा छायांकन उत्तम हुमागाइँको छ । कलरको काम श्याम कुवंरले गरेका छन् । निर्देशक गिरीले नेपाली समाजको एक यथार्थतालाई भिडियोमा जोडिएको बताए ।भिडियोमा जोडिएको बताए । भिडियोका निर्माता आर कुमार हुन् ।