‘बिजुली’ गीतमा निराजन र उपासना

...

माघ, काठमाडौँ । गायक जनक ताम्राकारको स्वरमा नयाँ गीत ‘बिजुली’ सार्वजनिक गरिएको छ । महेश ताम्राकारको शब्द र संगीत रहेको यस गीतको भिडियोमा मोडल तथा नायक निराजन प्रधान र नायिका उपासना सिंह ठकुरीको अभिनय रहेको छ । नायिका उपासनाले म्युजिक भिडियोमा पहिलो पटक अभिनय गरेकी हुन् । भिडियो सिन्धुलीका रमणीय स्थानमा छायांकन गरिएको हो ।

गीतको भिडियोमा निराजन र उपासनाको रोमान्टिक अवतार हेर्न सकिन्छ । भिडियोले काम गर्दै गरेको बखत विज्ञापनमा देखिएकी मोडललाई गरेको प्रेम कथालाई देखाएको छ । 

सार्वजनिक गीतको भिडियोलाई हरि हुमागाईँले निर्देशन गरेका हुन् । थुप्रै म्युजिक भिडियो निर्देशन गरेका हुमागाईँले यस पटक पनि भिडियोमा एउटा फरक कथा बुनेका छन् ।

भिडियोमा उत्तम हुमागाँइको छायांकन रहेको छ भने, प्रविन मानन्धरको वीएफएक्स, कलरिङ र सम्पादन रहेको छ । यस्तै, भिडियोमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ भने, उदयराज पौडेलको एरेन्ज, शैलेन्द्र एम प्रधान (बाबु)को मिक्सिङ मास्टरिङ रहेको छ ।