‘बरको डाली’ गीतमा कृष्णको सरिता र जुनासँग रोमान्स

...

माघ, काठमाडौंँ । रन्जित विश्वकर्मा र गायिका लक्ष्मी नेपालीको स्वरमा लोकदोहोरी गीत ‘बरको डाली’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा मायाप्रेमका शब्दले भरिएका जतिसुन्यो सुनिरहुलाग्ने गीतमा शब्द, संगीत खेमराज गौतमको छ । गीतको एरेन्ज समेत गौतम आफैले गरेका हुन् ।

थुप्रै कोरस प्रयोग गरेर गीतको भिडियो निकै आकर्षक तवरबाट निर्माण गरिएको छ । भिडियोमा लामो समयदेखि अमेरिका बसोबास गर्दै आएका मोडल, कलाकार, ब्यबसायी तथा समाजसेवी कृष्ण सुनार, सरिता दनकुटी र जुना कार्कीको अभिनय छ ।

पोखराको बिभिन्न आकर्षक लोकेसनमा छायांकन भएको भिडियोमा कृष्णको सरिता र जुनासँग त्रिकोणत्मक प्रेमकथा देखाइएको छ । शिव बिकको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा गणेश सापकोटाको छायाँकन, पदम सुवेदीको सम्पादन छ ।