ज्याकीः आई एम ट्वान्टी वान’को संवाद टिकटकमा भाइरल

...

फागुन, काठमाडौँ । ‘बाबा मलाई थाहा छ, मैले रोजेको बाटो सजिलो छैन । तर, मलाई यो पनि थाहा छ मेरो सपना फरक हो गलत होइन ।’

माथि उल्लेखित संवाद बैशाखको २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’को हो । यो चलचित्रको टिजर सार्वजनिक भएसँगै यसप्रति दर्शकको अपेक्षा पनि ह्वात्तै बढेको छ ।

नेपालमा यस अगाडि डान्स ड्रामामा चलचित्र बनेको थिएन । यसैले, रेनशा राई रानाको निर्देशनमा तयार भएको चलचित्रको टिजरले दर्शकमा अपेक्षा बढाएको हो ।

चलचित्रको संवादमा टिकटक खासै बनेको पाइदैन । तर, यो चलचित्रको टिजर टिकटकमा भाइरल नै बनेको छ ।

टिकटक बनाउनेहरुले चलचित्रको संवादमा आफ्नो फरक फरक खालको क्रियशन समेत देखाइरहेका छन् । टिकटकमा टिजरमा समावेश संवाद नै भाइरल भएपछि निर्देशक रानाले खुशी व्यक्त गरिन् । उनले भनिन्–‘दर्शकले हामीले जे कुरा भन्न खोजेका छौं, त्यो कुरालाई मनमा लिनुभएको छ । दर्शकलाई संवादले नै मन छुनु खुशीको कुरा हो । फिल्मप्रति दर्शकको अपेक्षालाई हामी कम हुने दिने छैनौं ।’

आईकोरा फिल्मस्ले यस अगाडि बनाएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ले समेत दर्शकको मन जितेको थियो । यसैले, रेनशा र उनको ब्यानरप्रति दर्शकको अपेक्षा उच्च हुनु स्वभाविक नै हो ।

यो चलचित्रमा धिरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय छ ।