कसैलाई गाली गर्ने अधिकार छैनः प्रमोद खरेल (भिडियो रिपोर्ट)

...

फागुन, काठमाडौँ । गायक प्रमोद खरेल चर्चित  गायक हुन् । उनका गीतहरू हरेकका मन मस्तिस्कमा छाइ नै रहन्छन् । उनका चल बतास चल, ओइ झुमा, मुस्किल छ पोखरामा, यो कुरा गोप्य नै राखौला आदि थुप्रै गीतहरू चर्चित छन् । 

केहि समय अगाडी आफूलाई गाली गलौच गरेको भन्दै बिन्दकासिनी म्युजिकका सन्चालक सुबास रेग्मीलाई गायक खरेलले जाहेरी दिएका थिए । सुबास रेग्मीले आफु लगायत थुप्रै गायक गायिकालाई नाम नै तोकेर सामाजिक सन्जाल मार्फत गाली गलौच गरेको भन्दै गायक प्रमोद खरेलले आपत्ति जनाएका थिए । विन्दावासिनी म्युजिकका सञ्चालक सुवास रेग्मीविरुद्ध ५ वर्ष कैद सजाय माग गर्दै अदालतमा मुद्दा दर्ता भएको कुरा पनि बाहिर आएको छ ।

हामीसँगको अन्र्तबार्ताको त्रmममा उनले खुलेर यस बिषयमा बोलेका छन् । हामीले प्रश्न गरेका थियौँ ू कलाकार देशका सम्पत्ति हुन्,कलाकारहरूलाई गाली गलौच गर्ने र नराम्रो कमेन्ट गर्ने व्यक्तिहरू पनि समाजमा छन् । पछिल्लो समय कलाकारहरूलाई गाली गलौच गरेको भन्दै तपाईले बिन्दबासिनी म्युजिकका सन्चालकलाई जाहेरी दिएको खबर पनि सुनियो यसको बिषयमा केहि बताइदिनुहोस् न ू  भन्ने प्रश्नको उत्तरमा  उनले यो बिषय नयाँ नभयी पुरा नै भएको बताएका छन् । उनले कलाकारलाई मात्र नभई कसैलाई पनि गाली गलौच गर्न र अपशब्द बोल्न नपाइने पनि बताए ।

भिडियो रिपोर्ट हेर्नुहोस्