‘फाटेको जुत्ता खै?’ मा देव कार्की पनि निर्मातामा प्रवेश

...

चैत, काठमाडौँ । अर्जुन कुमार प्रोडक्शनले निर्माण गर्न लागेको चलचित्र ‘फात्तेको जुत्ता खै ?’मा नयाँ निर्माता प्रवेश गरेका छन् । छांयाकनमा नजादै फाटेको जुत्ता २ मा अस्ट्रेलियाबाट नयाँ निर्माताको रुपमा देव कार्की प्रबेश भएका हुन् ।

एनआरएनए दुबईका अध्यक्ष ठाकुर प्रसाद ढुंगाना र  एनआरएनए केन्द्रीय उपाध्यक्ष धर्मराज अधिकारीसँग मिलेर अर्जुन कुमारले फिल्म ‘फात्तेको जुत्ता खै?’ निर्माण गर्न लागेको बताएका थिए । यो चलचित्रको आगामी कार्तिक २४ गतेलाई प्रदर्शन मिति तोकिएको थियो । 

चलचित्रको छांयाकमा बैशाखबाट शुरु गरिने बताइएको छ । अस्ट्रेलियामा रिलिज अधिकार पनि लिने गरी देव कार्की निर्माणमा सहकार्य गर्न आएका हुन्, निर्माता अर्जुन कुमारले भने । कार्कीले अस्ट्रेलियामा अधिकांश नेपाली चलचित्र रिलिज गर्दै आएका छन्  ।  

चलचित्रमा सौगात मल्ल र रिचा शर्माको मूख्य भूमिका रहनेछ । चलचित्रको निर्देशन निकेश खड्काले गर्ने बताइएको छ । निकेशले अर्जुन कुमार कै फिल्म फाटेको जुत्ता निर्देशन गरेका थिए । त्यसैको निरन्तरतामा ‘फाटेको जुत्ता खै?’ निर्माण हुन लागेको हो ।  

आकाश बरालको कथामा चलचित्र निर्माण हुनेछ भने संगीत प्रबेश मालिकको रहनेछ । आगामी बैशाखमा नवलपुरबाट चलचित्रको छायांकन शुरु हुनेछ ।