‘नाङ्गो गाउँ’को अष्ट्रेलिया राइट्स विक्री

...

बैशाख, काठमाडौँ । चलचित्र ‘नाङ्गो गाउँ’को छायांकन नसकिदै  अष्ट्रेलिया राइट्स विक्री भएको छ । दीपेन्द्र लामाको निर्देशन तथा हिमाल शर्माको प्रस्तुतिमा तयार भएको यो चलचित्रको अष्ट्रेलियाको एमएसएम इन्टरटेन्मेन्ट्सले  अधिकार खरिद गरेको हो । यो चलचित्रको अझै पनि २० प्रतिशत छायांकन हुन बाँकी नै छ ।

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्म, वुद्दि तामाङ, रविन्द्र झा, शिशिर वाङ्देल लगायतका कलाकारको अभिनय छ । फिल्मको प्रदर्शन मिति भदौको २९ गतेलाई तोकिएको छ । चलचित्रलाई अष्ट्रेलियामा पनि भदौ २९ गते नै रिलिज गर्ने योजना बनाइएको छ ।

निर्देशक लामाका अनुसार, उनकै निर्देशनमा तयार भएको चलचित्र ‘२ नम्बरी’को भन्दा महंगो मुल्यमा यो चलचित्र अष्ट्रेलियामा विक्री भएको हो । चलचित्रको टिम, कलाकार, निर्देशकमाथि विश्वास गरेर आफूहरुले चलचित्र खरिद गरेको एमएसएमका छत्र थापाले बताए ।