आर्टिष्ट खबरको आठौं बार्षिकोत्सवको अवसरमा भित्ते पात्रो सार्वजनिक

...

बैशाख, काठमाडौँ । आर्टिष्ट खबर मिडियाको ८ औं बार्षिकोत्सवको अवसरमा भित्ते पात्रो (क्यालेन्डर) सार्वजनिक गरिएको छ । बार्षिक मिति सहितको क्यालेन्डर आज (शुक्रबार) सार्वजनिक गरिएको हो । क्यालेन्डरमा आर्टिष्ट खबरले गरेका रिपोर्टिङका बिभिन्न तस्बिर सहित आफ्ना बिभिन्न कार्यक्रमका तस्बिर समेटिएको छ । 

भित्ते पात्रोले बिभिन्न ब्यक्तिहरुको मन आर्टिष्ट खबरसँग जोडिनेमा आर्टिष्ट खबरका सम्पादक गोपिकृष्ण चापागाईँले विश्वास राख्नुभयो । पात्रोमा महानायक राजेश हमालले आर्टिष्ट खबरको गोल्डेन वटन उद्घाटन गरेका समारोहका देखी बिभिन्न तस्बिर राखिएको छ ।

पात्रोमार्फत फेसियल हाउस, रोयल मुभिज प्रा.ली, एपिक नेपाल म्युजिक अवार्ड, प्रमोटिङ सोलुसन, मिस मगर इन्टरनेशनल, टप राजधानी दोहोरी साँझ, यस्तै ज्योतिषी अनिल थापा लगायतले शुभकामना ब्यक्त गरेका छन् । फेसियल हाउसकी संस्थापक ब्युटिसियन सुष्मा महराले आर्टिष्ट खबरलाई आठौं बार्षिकोत्सवका अवसरमा शुभकामना ब्यक्ति गरिन् । उनले नेपाली कला क्षेत्रमा आर्टिष्ट खबरले पत्रकारिताको माध्यमबाट गरिरहेका योगदानलाई सम्झदै भोलीका दिनमा अझ सफलताको शुभकामना ब्यक्त गरिन् ।

artistkhabar-calender.jpg

यस्तै रोयल मुभिजको तर्फबाट निरेन श्रेष्ठ, एपिक नेपाल म्युजिक अवार्डको तर्फबाट राजेन्द्र पुरी, टप राजधानी दोहोरी साँझका सन्चालक गायक प्रकाश कटुवाल, ज्योतिषी अनिल थापा लगायतले पनि शुभकामना ब्यक्त गरेका छन् । यस्तै चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले पनि शुभकामना ब्यक्त गरेका छन् ।