विभिन्न स्रस्टा, कलाकार तथा समाजसेवीलाई सम्मान

...

जेठ, काठमाडौँ । अभियान पुरस्कार, सम्मान तथा स्मारिका बिमोचन कार्यक्रममा विभिन्न स्रस्टा, कलाकार तथा समाजसेवीलाई सम्मान गरिएको छ । गएको शनिबार अभियान साहित्य कलाकार समाजले आयोजना गरेको कार्यक्रममा सँस्थाको बार्षिक उत्सबको अवसरमा प्रकाशन गरिएको ‘अभियान स्मारिका २०८०’ को बिमोचन गरिएको थियो । 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई प्रमुख अतिथि रहनु भएको कार्यक्रममा बरिष्ठ हास्य ब्यङ्गकार कृष्ण मुरारी गौतम चट्याङ मास्टर, समाजसेवी हरि प्रकाश पुडासैनी बरिष्ठ कलाकार देशभक्त खनाल,मानव अधिकार एलाईन्स भक्तपुरका अध्यक्ष पुरुषोत्तम श्रेष्ठ मानबिय आस्था नेपालकि महासचिब उत्तरा नेपाल समाजसेवी राजन ढुङ्गेल , साहित्यकार रामेश्वर राउत मातृदास र प्रा. डा राम प्रसाद ज्ञवाली लगायतको उपस्थिति रहेको थियो सँस्थाका अध्यक्ष पशुपति दँगालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा दस हजार पुरस्कार राशी भएको ‘अभियान पुरस्कार २०८०’ प्रा डा राम प्रसाद ज्ञवालीलाई प्रदान गरिएको थियो ।
यस्तै अभियान कलाकार सम्मान २०८०ू बाट बरिष्ठ कलाकार देशभक्त खनाल त्यसै गरि यस बर्षको  ‘अभियान पुरस्कार २०८०’ समाजसेवी राजन ढुङ्गेल र ‘अभियान पुरस्कार २०८०’ बाट बाल साहित्यकार रामेश्वर राउत मातृदासू सम्मानित हुनु भएको थियो भने  यसबर्षको ‘विशेष योगदान सम्मान२०८०’ बाट रमेश घिमिरे सम्मानित हुनु भयो, त्यसैगरि  मध्यपुर थिमि नगरपालिका ३ नम्बर वडालाई विशेष कदर पत्र प्रदान गरिएको थियो ।

samman-news-ak (2).jpg

‘अभियान स्मारिका २०८०’ को बिषयमा डा रमेश शुभेच्छुले समीक्षा गर्नु भएको थियो भने युवा साहित्याकार तथा प्रधान सम्पादक घनश्याम गौतमले स्मारिका प्रकाशन गर्दाका कठिनाई र चुनौती हरु प्रशस्त भएपनि साहित्यको भोकले लेखक र कलाकार कहिल्यै नथाक्ने र कहिल्यै नअघाउने बताए । कार्यक्रममा स्वागत मन्तब्य दिदै उपाध्यक्ष खगेन्द प्रसाद गुरागाईले बामे सर्न लागेको बच्चालाई उभिन सक्ने बनाउन सँस्थाको कार्यक्रमको निरन्तरता हुनु पर्ने बताए ।

समापन भाषण गर्ने क्रममा सभापति पशुपति दँगालले सँस्थामा सहयोग गर्न चाहाने मनकारी साहित्यकार तथा साहित्यप्रेमिहरुलाई अक्षयकोष राखेर सहयोग गर्न समेत अपिल गर्नु भयो । 

सँस्थाको साधारण सभा सम्पन्न 

यसै गरि सोहिदिन सँस्थाको साधारण सभा सम्पन्न भएको छ१ साधारण सभाले निर्बिरोध केन्द्रीय समिति चयन गरेको छ । अभियान साहित्य कलाकार समाजको कार्यकारी समितिमा अध्यक्ष पशुपति दँगाल, उपाध्यक्ष खगेन्द्र प्रसाद गुरागाई, सचिबमा घनश्याम गौतम कोषाध्यक्षमा युगज्योति क्रियाशिल, सदस्यहरुमा दिपेश सेढाई, सुरेश तिमल्सिना र गोबिन्द प्रसाद निरौला निर्बिरोध चयन भएका हुन् । सँरक्षकमा बरिष्ठ हाँस्यब्यङ्ग लेखक डम्बर घिमिरे हुनुन्छ । कार्यक्रमलाई गायक तथा उद्घोषक अजय अधिकारीले उद्घोषण गरेका थिए ।