बुटवलमा चलचित्र रोशनीमा समावेश गीत ‘जुनी जुनी’ विमोचन

...

जेठ, बुटवल । नेपाली कथानक चलचित्र रोशनीमा समावेश गीत जुनी जुनी शुक्रबार बुटवलमा विमोचन गरिएको छ । गीतमा अनिल पहाडी र अन्जु पन्तको स्वर रहेको छ । गीत विमोचनपछि बोल्दै गायक पहाडीले चलचित्र क्षेत्रमा आफूले पहिलो पटक स्वर दिएको अनुभव सुनाए । चलचित्रले देखाउन खोजेको मूल सन्देशलाई थप अर्थपूर्ण र मिठासका लागि यो जुनी जुनी बोलको गीतले सहयोग गर्ने उनले बताए ।

डा. कृष्णहरी बरालको शब्द रहेको गीतमा चलचित्रका कलाकारहरु रमेश अब्जु, कशिसा दाहाल, नितल पल, सुरज राना तथा मेनका गिरीको अभिनय रहेको छ । 

आज (शनिबार) च्यारिटी शो
चलचित्र रोशनीको आज बुटवलमा च्यारिटी शो हुँदैछ । बुटवलको मिलन हलमा दिउसो ३ः४५ बजेदेखि सोको आयोजना गरिएको निर्माता रमेश आब्जुले जानकारी दिएका छन् । चलचित्र पत्रकार संघ रुपन्देहीको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले च्यारिटी शोमा करिब १ हजार दर्शकको उपस्थिती रहने जानकारी गराए । बुटवलसहित मुलुकका विभिन्न शहरहरुमा गएर चलचित्र छायाँकन गरिएको जानकारी दिए । ५० लाख बढी लगानी गरिएको यो चलचित्रले दर्शकलाई फिल्म अवधिभर पूर्णरुपमा भुलाउन सक्ने क्षमता रहेको दाबी गरे ।

film-journalist-butwal (2).jpg

यसैगरी निर्माता मलिन भारी, चलचित्रका नायक नितन पल लगायतले बोल्दै संघीय राजधानी काठामाण्डौं बाहिरका विभिन्न शहरहरुको जनजिविकालाई टिपेर बनाइएको चलचित्र भएका कारण मोफसलबाटै सबैभन्दा बढी दर्शक पाउने विश्वास व्यक्त गरे । कार्यक्रममा चलचित्र पत्रकार संघ रुपन्देहीका सल्लाहकार मनिष पन्त, संगीतकार सुरेश सेन्चुरी, गायक सौगात सायर, लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनीका अध्यक्ष दिपु मगर, परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपाली लगायतले फिल्म तथा जुनी जुनी बोलको गीतलाई सफलताको शुभकामना व्यक्त गरे ।

चलचित्र पत्रकार संघका उपाध्यक्ष दिनेश श्रेष्ठले सम्पूर्ण फिल्म निर्माता तथा कालाकार टिमलाई बधाई ज्ञापन गरे । फिल्म समावेश गरिएको जुनी जुनी बोलको गीतले साच्चै नै मनको गहिराईलाई बुझ्न सक्ने र समसामयीक धरातलमा रहेर तयार पारिएको भनि प्रशंसा व्यक्त गरे ।