रामजीको नयाँ लघु चलचित्र ‘लिलामी’ सार्वजनिक

...

साउन, काठमाडौँ ।  रामजी ज्ञवालीको निर्देशन रहेको लघु चलचित्र ‘लिलामी’ सार्वजनिक गरिएको छ । चलचित्रमा नेपालमा युवाहरुले भोग्नुपरेको बेरोजगारीको अवस्था र बाध्यताले बिदेशीनुको पिडाको कथा समेटिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा टिसीटी इन्टरटेन्मेन्ट युट्युव च्यानलमार्फत चलचित्र सार्वजनिक गरिएको हो । 

आफैमा सन्चारकर्मि समेत रहेका निर्देशक ज्ञवालीले देशभित्रको यथार्थ कथालाई चलचित्रमा उठान गरेको बताउँछन् । उनी भन्छन्, ‘समाजभित्र देखिएको कथालाई नै चलचित्रमा उतारेका छौं । बेरोजगोरीका कारण दिनुहँ थुप्रै युवाहरु बिदेशीनु परेको छ । देशको अवस्था यस्तै छ ।’

चलचित्रमा महेश खड्का र सविना राउतको मुख्य भूमिका रहेको छ । साथै दीपक ढकाल, नारायण कँडेल, राजेश भट्टराई, सुदिन श्रेष्ठ, शिबु पाण्डेको पनि अभिनय देख्न सकिन्छ । चलचित्रको कथा भने पवन बस्यालले लेखेका हुन् । 

निर्देशक ज्ञवालीले यसअघि एक दर्जनभन्दा बढी लघु चलचित्रको निर्देशन गरिसकेका छन् भने कार्यकारी उत्पादक जीवन भण्डारी हुन् । लिलामीको व्यवस्थापकको जिम्मेवारी युवराज घिमिरेले र सम्पादनको जिम्मेवारी नहकुल खड्काले निर्वाह गरेका छन् । चलचित्र १४ मिनेट लामो छ ।