चलचित्र ‘लाइटर’ निर्माण गर्ने

...

भदौ, काठमाडौँ । निर्माता सरोज खनाल र राजु गिरीको निर्देशनमा चलचित्र ‘लाइटर’ निर्माण हुने भएको छ । चलचित्रको निर्माण टिमले सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।

खनाल एसके प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रको अहिले धमाधम प्रिप्रोडक्सनको काम भैरहेको छ । मंसिर दोस्रो साताबाट फ्लोमा जाने फिल्मका लागि अहिले कलाकार छनोटको काम भैरहेको छ । केही दिनमा चलचित्रको मुख्य कलाकार र प्राविधिक टिम सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ ।

निर्माता सरोज खनाल निर्देशक गिरीसँग मिलेर निर्देशनमा समेत डेव्यु गर्दैछन् । अष्ट्रेलियामा बस्ने खनालले त्यहाँ एक दशक लामो समयदेखि मेलवर्नमा एसके फ्रेस प्रालीको सञ्चालन गर्दै आएका छन् । उनी व्यवसायका अलवा समाजसेवामा समेत सक्रिय छन् ।

देवेन्द्र खनाल निर्माता रहेको चलचित्रमा मेघनाथ खनाल, बलराम बिष्ट, रचना केसी, सुमन गिरी, विजय विराज खत्री,तुलसा खनाल र रेमन्त वली सह निर्माताको रुपमा रहेका छन् ।