ब्यूटी एकेडेमीको उद्घाटनमा पुगे सलोन, केकी, रिमा र अन्जु

...

भदौ, काठमाडौँ । काठमाडौंको महाराजगन्जमा सन्चालनमा आएको ब्यूटी एकेडेमीको उद्घाटन गर्न कलाकार पुगेका छन् । ‘जुम ब्यूटी एकेडेमी’को नयाँ शाखाको उद्घाटनका लागी गएको शनिबार अभिनेत्री केकी अधिकारी, रिमा विश्वकर्मा, गायिका अन्जु पन्त र नायक सलोन बस्नेतले संयुक्त रुपमा रिबन काट्न पुगेका थिए । 

कार्यक्रममा एकेडेमीका संस्थापकद्वय सौन्दर्यबिद् जुनु चक्रधर र कृषप तनावासुले अतिथि कलाकारहरुलाई स्वागत गरेका थिए । कलाकारहरुले जुम ब्युटी एकेडेमीले कलाकारहरुसँग हातेमालो गर्दै यति भव्य कार्यक्रम गरेर शाखा उद्घाटन गरेको प्रति खूशी व्यक्त गर्दै आगामी दिनमा अझै उन्नती प्रगतीको शुभकामना दिएका छन् । 

ZOOM-BEAUTY-ACADEMY (1).jpg

ललितपुरको कुपनडोलमा प्रधान कार्यालय रहेको जुम ब्युटी एकेडेमीका यसअघि कलंकी, स्वयम्भू, बौद्ध चुच्चेपाटी, तीनकुने, भक्तपुर, बनेपा, ग्वार्खो, गोंगबु, बालाजु र तीनकुनेमा शाखाहरु सञ्चालित छन्। अब छिट्टै भक्त्तपुरको कौशलटारमा १२ औं शाखा सञ्चालनको तयारीमा छ ।

ZOOM-BEAUTY-ACADEMY (2).jpg