चलचित्र ‘रेड अन’को टिजर सार्वजनिक

...

मंसिर, काठमाडौं । ट्राफिक नियमलाई पालन गर्नुपर्ने सन्देश दिएको चलचित्र ‘रेड अन’को टिजर सार्वजनिक गरिएको छ । यज्ञजंग विके (आयुष बिसी) निर्देशित फिल्मको टिजर ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

चलचित्रमा किशोर खतिवडा, दीपक थापा, सिर्जना कार्की, खगेन्द्र नेपाल, हेमराज घर्ती, खगेन्द्र सुवेदी, कमल ज्ञवाली, आशिष ओली, वर्षा श्रेष्ठ, विक्रम घिमिरे र वीरेन्द यादवको अभिनय छ ।

निर्देशक विकेले विना सवारी चालक अनुमति पत्र सवारी चलाएको अवस्थामा दुर्घटना हुँदा कतिसम्म सास्ती भोग्नुपर्छ भन्ने कुरालाई फिल्ममा समावेश गरिएको बताए । टिजरमा फिल्मका प्रमुख कलाकारहरुलाई स्थान दिइएको छ ।

विकास चौधरीको संगीत, खगेन्द्र सुवेदीको कथा र सिड गौतमको पटकथा रहेको फिल्ममा सम्राट थापाको पाश्र्व संगीत, राज गौतमको सहायक निर्देशन, सुजन विश्वकर्माको छायांकन छ ।

चलचित्रमा आभाष गिरी र रमेश बंगोसाई सह–निर्माता तथा खगेन्द्र सुवेदी निर्माता छन् । चलचित्रको प्रदर्शन मिति चाँडै घोषणा गरिने निर्माण पक्षले जनाएको छ ।