हर्क साम्पाङको अभियानमा कलाकारको साथ

...

पुस, काठमाडौँ । धरानका मेयर हर्क साम्पाङले चलाएको अभियानमा नेपालका चर्चित चर्चित कलाकारहरुले पनि साथ दिएका छन् । 

मेयर साम्पाङले सुम्निमा–पारुहाङको प्रतिमा स्थापना गर्न अभियान चलाएका छन् । गएको सोमबार काठमाडौंमा आयोजित छलफलमा अभिनेता दयाहाङ राई, विल्सनविक्रम राई, गायक राजेशपायल राई लगायतले आर्थिक सहयोगको घोषणा गरेका हुन् ।

यो अभियान साथ दिनका लागि उनीहरुले जनही १/ १ लाख रुपैयाँ सहयोग गर्ने बचन दिएका छन् । अन्य कलाकारहरु शान्तिराम राई, सत्यकला राई, एलिसा राई, अशोक मुकारुङ पनि छलफलमा सहभागी भएका थिए ।