चलचित्र ‘केटी हराएको सूचना’ बन्ने नाजिर र सृष्टिको जोडी

...

फागुन, काठमाडौँ । नयाँ चलचित्र ‘केटी हराएको सूचना’ निर्माण घोषणा गरिएको छ । जसमा अभिनेता अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य अभिनय रहने बताइएको छ । सोमबार स्कृप्ट पूजा गर्दे चलचित्रको घोषणा गरिएको हो । 

ट्राइसिटि पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको यो चलचित्रमा दिपेन्द्र गौचनको लेखन तथा निर्देशन रहेको छ । गौचनले यसअघि चर्चित टेलीसिरियल ‘उजेली’ निर्देशन गरेका थिए । ‘केटी हराएको सूचना’मा नकिम उद्दिमको लगानी रहेको छ ।

shristi-najir.jpg

अम्बर महर्जन छायाँकार रहेको चलचित्रको बिहीबार देखि काठमाडौँ र जनकपुरमा गरिने निर्माण पक्षले जनकारी दिएको छ । अभिनेता नाजिरको यति बेला हलहरूमा फिल्म अगस्त्य च्याप्टर १ प्रदर्शनरत छ । 

दर्शकहरूले नेपाली चलचित्र क्षेत्रमा नयाँ खालको कथामा उच्च मेकिङका साथ फिल्मले नयाँ स्वाद दिएको प्रतिक्रिया दिएका छन् । जसबाट नाजिर निकै उत्साहित देखिन्छन् ।