बैशाख, काठमाडौँ । सोमबार बिहान कलाकारहरुले बृक्षारोपण गरेका छन् । बरिष्ट फिल्म निर्देशक दयाराम दाहाल, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, चलचित्र निर्देशक तथा
रंग पत्रकार लक्ष्मण सुवेदी, अभिनेत्री तथा निर्मात्री केकी अधिकारी, अभिनेत्री मलिका महत, गायक युवराज चौलागाई तथा गायिका सुनीता दुलालले पशुपति क्षेत्रको मृगस्थली जंगलमा बृक्षारोपण गरेका हुन् ।
कलाकारहरुका साथमा गृहसचिव, काठमाडौ सिडियो, कानूनविद् तथा संचारकर्मीहरुले पनि बृक्षारोपण गरेका थिए । उनीहरुले ‘जन्मदिनलाई सत्कर्ममा जोडौं’ भन्ने तराई बिकास तथा संचार केन्द्र नेपालले केही समयअघि रौतहटबाट सुरु गरेको अभियानमा साथ दिदै बृक्षारोपण गरेका हुन् ।
गृह सचिव एकनारायण अर्यालको प्रमुख आथित्यतामा सम्पन्न बृक्षारोपण कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष बरिष्ट पत्रकार गोबिन्द चौलागाईंले हरेक ब्यक्तिले आफ्नो जन्मदिनको दिन कम्तीमा एउटा मात्रै पनि बिरुवा रोप्ने गर्यो भने वातावरण सन्तुलनमा ठूलो टेवा पुग्ने सोचका साथ केही समयअघि रौतहटको चन्दपुर–९ सिन्धुरे घारी मर्दर चाँदी खोला छेउबाट यो अभियान सुरु गरिएको जानकारी दिए ।
कार्यक्रमका प्रमुख अथिति गृह सचिव अर्यालले जन्म दिनलाई बिरुवा रोपेर मनाउने अभियान अत्यन्तै सकारात्मक रहेको बताउदै यसलाई देशब्यापी अभियानका रुपमा सुचारु गर्नुपर्ने धारणा राखे । कलाकार दीपाश्रीले विरुवा रोपौं अभियानलाई अघि बढाउन आफू कटिबद्ध भएको बताइन् । उनले अबका आफ्नो जन्मदिनमा कम्तीमा एउटा भए पनि बिरुवा रोप्ने प्रतिबद्धता जाहेर गर्दै सम्पूर्ण नेपालीलाई बृक्षारोपणलाई आफ्नो जीवनसँग जोड्न आव्हान गरिन् । त्यसैगरी बरिष्ट निर्देशक दाहालले यो अभियान एक्दमै सकारात्मक पहल भएको बताउदै आफूले पनि अब उप्रान्त बर्षमा कम्तीमा एउटा भए नि बिरुवा रोप्ने प्रतिबद्धता जाहेर गरे । त्यसैगरी, अभिनेत्री केकी,मलिका,निर्देशक सुवेदी अनि गायक चौलागाईंले पनि अबका दिन जन्मदिनमा नबिराइ बिरुवा रोप्ने प्रण गरे ।
काठमाडौ जिल्लाका प्रमुख जिल्ला जितेन्द्र बस्नेत, नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,अर्थ मन्त्रालयकी सहसचिव पार्वती शर्मा, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल,प्रमुख जिल्ला बन अधिकृत, काठमाडौ पुष्पराज बतौला, वरिष्ट पत्रकार जीबराम भण्डारी, मध्यान्ह दैनीकका सम्पादक मदनकुमार श्रेष्ठ, बरिष्ट अधिवक्ता स्वागत नेपाल,नेपाल समाचार पत्र दैनीकका प्रधान सम्पादक सागर पण्डित, प्रशासन डटकमका प्रधान सम्पादक एसआर उपाध्याय, रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिकुमार केसी, वरिष्ठ मुटुरोग विशेषज्ञ ओम मुर्ति बन्जाडे, बरिष्ट अधिवक्ता उद्धव चौलागाई,समाजसेवी डम्बरप्रसाद चौलागाईलगायतका ब्यक्तित्वले बृक्षारोपण गर्दै आफुहरुले आगामी दिनमा बृक्षारोपणलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा बटुकहरुले स्वस्ति वाचन गर्दै चन्दनको टीका लगाइदिएका थिए भने उपस्थित सबैले आफ्नो जन्मदिन सम्झीएर जन्मदिनको शुभकामना गीत गृुन्गुनाएका थिए ।