‘दान्भी’को गीतमा रोमान्टिक पुजा र कुन्साङ

...

जेठ, काठमाडौँ । चलचित्र ‘दान्भी’मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक रोमान्टिक गीत ‘मायाको खानी’मा चलचित्रका मुख्य दुई कलाकार पुजा शर्मा र कुन्साङ बोमजोमलाई देख्न सकिन्छ । चलचित्र आगामी असार ७ गतेबाट प्रदर्शन हुने तयारीमा छ । 

एकदिन अघि सार्वजनिक गीतको भिडियो नेपाल र भारतका विभिन्न लोकेशनमा खिचिएको छ । यो गीतमा सुरेश लामा र ममता गुरुङको स्वर, अर्जुन पोखरेलको संगीत, प्रदीप प्रखर पोखरेलको शब्द छ । 

रुपेश तामाङको निर्देशनमा तयार भएको यो चलचित्रमा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । देव मगर र अनुप गडाल निर्माता रहेको फिल्ममा कमला लिम्बु, पन्च बहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रुपमा छन् । 

चलचित्रमा सन्जोग कुँवर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरि प्रसाद घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । 

यो चलचित्रको टिजर सार्वजनिक भएसँगै यसको चर्चा चुलिएको छ । निर्माणपक्षले अबको केही दिनमै ट्रेलर पनि सार्वजनिक गर्ने बताएको छ ।