चलचित्र ‘जन्ते बाख्रो’मा सौगात मल्ल अनुबन्धित

...

जेठ, काठमाडौँ । सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको चलचित्र ‘जन्ते बाख्रो’को केही समय अघि निर्माण घोषणा गरिएको थियो । चलचित्रको निर्माण घोषणा गर्दा कलाकार कोको रहने भन्ने जानकारी निर्माण टिमले दिएको थिएन ।

मंगलबार चलचित्रको निर्माण टिमले जन्ते बाख्रो मुख्य भुमिकामा अभिनेता सौगात मल्ललाई अनुबन्धित गरेको छ । यो चलचित्रमा सिमोस र सौगातले तेस्रो पटक सहकार्य गर्दैछन् । यसअघि उनीहरुले झ्यानाकुटी र हात्तीछापमा एकसाथ काम गरेका थिए । उनीहरु दुवै जना यो चलचित्रलाई लिएर उत्साहीत छ । 

आगामी भदौबाट छायांकन गरिने चलचित्रको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखिरहेका छन् । कमेडी कथावस्तुमा सिनेमा ‘जन्ते बाख्रो’ निर्माण हुन लागेको शीर्षकले बुझाउँछ । बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ । सिनेमाको कथावस्तु यसैको वरिपरि आधारित रहने बुझ्न सकिन्छ ।  

मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रमा सन्तोष गौतम र निर्देशक सिमोस सुनुवारको लगानीरहनेछ । चलचित्र कथावस्तुलाई लिएर सौगात उत्साहित छन् । चलचित्रमा अभिनय गर्ने अभिनेत्रीको भने अहिले खोजी भैरहेको निर्माण टिमले जनाएको छ । अहिले केही अभिनेत्रीसँग कुरा चलिरहेकाले केहीदिनमा पात्र सुहाउदो अभिनेत्रीलाई अनुबन्धित गर्ने तयारीमा निर्माण टिम रहेको छ ।