चलचित्र ‘अस्ट्रेलियन दुल्हा’ को शुभ–मुर्हत

...

जेठ, काठमाडौँ । नयाँ चलचित्र  ‘अस्ट्रेलियन दुल्हा’ को शुभ–मुर्हत गरिएको छ । आइतबार पूर्वी चितवनको रत्ननगरमा रहेको हरिहर मन्दिरमा पूजा गर्दै चलचित्रको शुभ–मुर्हत गरिएको हो । फिल्मको छायांकन आइतबारबाटै सुरु भएको छ ।

करिब २५ दिन छायाङ्कन सेड्युल रहेको यस चलचित्रको छायाङ्कन चितवनका विभिन्न रमणिय स्थानहरूमा गरिँदैछ । नेपालीहरु अस्ट्रेलिया जाने र उतै बस्ने मोहको कथा चलचित्रले बोल्नेछ ।
रेहान मियाको लेखन, निर्माण एवम् निर्देशनमा बन्न लागेको चलचित्रमा किशोर खतिवडा, प्रविन आचार्य, अंकिता भुर्तेल, जीसु कोइराला, रेश्मा सुवेदी, लक्ष्मण नेपाल, विमल पौडेल, अन्जन शर्मा, केदार दवाडी स्वेता श्रेष्ठ  र बाल कलाकार अक्सा कोइरालाको अभिनय रहनेछ ।

करुणा फिल्मस् तथा म्याङ्गो प्लेजर प्रा.ली.को ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा किशोर चौधरी र केदार बरुवाल क्षेत्रीको संगीत, रवी कोइरालाको छायांकन छ । कृष्णराज अर्याल प्रस्तुतकर्ता रहेको फिल्ममा उमेश अधिकारी सह–निर्माता छन् ।

चलचित्रमा करण साउदको मुख्य सहायक निर्देशन, राजन मोक्तानको सहायक निर्देशन, देव महर्जनको द्वन्द्व र किशोर चौधरीको नृत्य रहनेछ । मुहुर्तमा राम रिमाल, मिलन लामाले चलचित्रको सफलताको कामना व्यक्त गरेका थिए । चलचित्र आगामी तिहारमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।