हेमन्त कान्छा रसाईली र मन्दीराको स्वरमा ‘मन चाहिन्छ शुद्ध’ गीत सार्वजनिक

...

काठमाडौँ । हेमन्ट कान्छा रसाईली र मन्दिरा थापाको स्वरमा नयाँ गीत ‘मन चाहिन्छ शुद्ध’ सार्वजनिक गरिएको छ । गायक हेमन्त चर्चित सारंगीवाद्यक पनि हुन् भने मन्दिरा दृष्टिबिहिन भएपनि निकै सुरिलो आवाज भएकी गायिका हुन् ।
हेमन्तले तनहुँकी दृविष्टविहिन गायिका मन्दिराको उज्ववल भविष्यको कामना गर्दै उनीलाई आफ्नो गीतमा स्वर भर्ने अवसर दिएका हुन् । मन्दिराले गीत सार्वजनिक भएसँगै राम्रो प्रतिक्रिया पाएकी छिन् ।

सार्वजनिक गीतमा राजकुमार बगरको शब्द छ भने सङ्गीत र थेगो हेमन्त कान्छा रसाईलीकै रहेको छ । पारस भट्टराई, मान बहादुर परियार र बिराज गन्धर्वको अभिनय रहेको गीतको छायांकन र सम्पादन मिराज अर्यालले गरेका हुन् ।